काठमाडौं– बन्दा काउलीको सुपले एक हप्तामा शरीरको अनावश्यक बोसोलाई पगालेर तौल घटाउँछ भन्ने कुराको जानकारी तपाईँलाई छैन हाेला। आज हामी बन्दाको झोल सेवन गरेर जीवनमा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने जानकारी यहाँ गराउँदै छौं।
शरीरको अनावश्यक तौल घटाउने यो अचुक विधिको विशेषता भनेको उपचारको अवधिभर तपाईँले जति बेला भोक लाग्छ आफुले चाहे जति बन्दाको सुप खान सक्नुहुन्छ। जति धेरै यो सुप सेवन गर्नु हुन्छ त्यति नै मात्रामा शरीरको क्यालोरी पनि घट्दै जान्छ। वास्तवमा यो सुपले भोजनकै काम गर्दछ भने, यसमा क्यालोरीको मात्रा पनि शुन्य बराबर हुन्छ।
त्यसकारण तपाईको मेटाबोलिज्ममा बृद्धि हुन्छ र परिणामस्वरूप तपाईँले प्राप्त गरेको क्यालोरी भन्दा तपाईको शरीरको क्यालोरी पनि घट्दै जान्छ। अझै तपाईले आफ्नो शरीरको विषादी नाश गर्न पनि सक्नुहुन्छ।
त्यस्तै शरीरलाई चाहेको आकारमा समेत ढाल्न सक्नुहुन्छ। यो उपचार अवधि भर दिन बिराउन भने हुँदैन। यदि तपाईँ कतै यात्रा गर्दै हुनुहुन्छ वा दिनमा कतै जानुहुन्छ भने थरमसमा यो बोसो पगाल्ने सुप भर्न नबिर्सनुहोस् र आफुलाई आवश्यक परेको बखत सुप विधि प्रयोग गर्नुहोस्।
सुपका लागि चाहिने सामाहरुः
बन्दाकाे मसिना टुक्रा, आधा किलो छोडाएको हरियो मटरकोसा, २ वटा हरियो खुर्सानी, काटेको ६ वटा हरियो प्याज, मसिनो काटेको आधा किलो गाजर, एक पाउ टमाटर, थोरै नुन र थोरै मसला चाहिन्छ।
सुप तयार पार्ने बिधिः
सब्जीको मीश्रणलाई एउटा भाँडामा खन्याउनुहोस् र यसमा थोरै मसला मिसाउनुहोस्। अब यसमा आवश्यकता अनुसार पानी मिसाउनुहोस् र मधुरो आगोमा तरकारी नपाकेसम्म मज्जाले उमाल्नुहोस्।
सात दिने डायट प्लानः
पहिलो दिन– सुप र फलफुल मात्र खानुहोस्। पानी तथा कालो चिया चिनि थोरै राखेर पनि सेवन गर्न सकिन्छ। केरा बाहेक सबै प्रकारका फलफुल खान सकिन्छ। किनकि केरामा क्यालोरीको मात्रा बढी हुन्छ।
दोस्रो दिन– अन्य हरियो सब्जी र सुप मात्र सेवन गर्नुहोस्। सुखेको सिमि, भटमास, मकैको सट्टामा हरियो सागसब्जी खानुहोस् र राती सुप सँगै उसिनेको आलु खानुहोस् तर रातको समयमा फलफुल भने नखानुहोस्।
तेस्रो दिन– विभिन्न प्रकारका सुप, सागसब्जी तथा फलफलुल खान सक्नुहुन्छ। तर राती आलु खान हुँदैन। तपाईले यो सात दिने तौल नियन्त्रण विधि तिन दिन सम्म उपयुक्त तरिकाले अपनाउनु भएको छ भने, तपाईको शरीरको तौल ४–५ किलो घटेको हुनुपर्छ।
चौथो दिन– चौथो दिनमा केरा र दुध खाने दिन हो। केरा र दुधमा प्रसस्त मात्रामा क्यालोरी तथा कार्बोहाईड्रेट लुकेको हुन्छ। तर यो चौथो दिनमा तपाईको शरीरलाई पोटासियम, कार्बोहाईड्रेट, प्रोटिन र क्याल्सियमको आवश्यक पर्छ। जसले शरीरको प्रक्रियामा गडबड हुन दिदैन। सुपका साथै तीन वटा केरा तथा चाहे जति दुध पिउनुहोस्।
पाँचौ दिन– ६–७ वटा टमाटर, छाला नभएको कुखुराको मासु तथा माछा अवश्यकता अनुसार तयार पार्न सक्नुहुन्छ। पानी कम्तीमा पनि ६–८ ग्लास पिउनुहोस् र यसले युरिक एसीडलाई सफा पार्दछ। सुप कमसेकम दिनको एक पटक पिउनु पर्दछ।
छैठौं दिन– तपाईले चाहे जति छाला नभएको कुखुराको मासु, सिमि, केराउ, माछा लगायतको सागसब्जी यो छैठौं दिनमा खान सक्नुहुन्छ। तर तारेको आलु भने खान हुँदैन। बन्दाको सुप भने यो दिनमा पनि कमसेकम एक पटक पिउन बिर्सिनुहुँदैन।
सातौं दिन– हरियो सागसब्जी तथा खैरो चामलको भात, फलफुल तथा हरियो सागसब्जी जति खाए पनि हुन्छ। अनि सुप यो दिनमा पनि कमसेकम एक पटक पिउनु पर्दछ।
डायट प्रोग्राममा सुझाए अनुसारको सल्लाह तपाईँले अपनाउनु भएकोले तपाईको शरीरको तौल ७.९९ किलो घटेको हुनुपर्छ। यदि तपाईको तौल ७ किलो भन्दा बढी घटेको छ भने, यस्तो अवस्थामा तपाईले २ दिन पछि डायट प्रोग्राम पुन सुरुवात गर्न सक्नुहुन्छ।
व्यक्ति पिच्छे पाचन प्रक्रिया फरक हुने भएकोले यो डायट प्रोग्राम कसैका लागि अनुपयुक्त पनि हुन सक्छ। तर यो विधि तपाईँले उपयुक्त तरिकाले अपनाएमा बन्दाको सुपले तपाईको पाचन प्रक्रियामा भएको समस्यालाई एकरुपता ल्याएर तपाईको शरीरमा फुर्ती प्रदान गर्नुका साथै शरीरमा जम्मा भएको बोसोलाई पगाल्न ठूलो भूमिका खेल्छ।
यसो गरेमा आफुलाई पहिला भन्दा फुर्तिलो र स्वस्थकर महसुस गर्नुहुनेछ। यो विधिको विशेषता भनेकै तपाईले चाहेको अवधिमा प्रयोग गर्न सक्नु हुनेछ। तसर्थ मानसिक तथा शारीरिक रुपमा स्वस्थ महसुस नगरे सम्म यो प्रक्रिया अपनाउनुहोस् र जीवन सुखमय बनाउनुहोस्।