काठमाण्डौं– अनार नेपाली बजारमा पनि सहजै उपलब्ध हुने फल हो। यसको सेवनबाट शरीरलाई चाहिने हरेक प्रकारको भिटामिन र अन्य पोषक तत्व पाइन्छ। अनार कतिको लाभदायी हुन्छ।
अनार मुटु रोगीहरुका लागि निकै प्रभावकारी हुनुका साथै यसको नियमित सेवनले शरीरमा रगतको कमी समेत हुन दिँदैन। नियमित अनारको जुस पिउँदा तन्दुरुस्ती प्राप्त हुनुका साथै रक्त सञ्चालन प्रक्रियालाई फाइदा गर्छ। यसैगरी अनार खाइरहने व्यक्तिलाई स्तन र फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ। अनारले व्यक्तिलाई हृदयाघात र स्ट्रोकको जोखिमबाछ पनि बचाउन मद्दत गर्छ।
अनारमा प्रशस्त मात्रामा आइरन हुने भएकाले रक्त अल्पता भएका बिरामीका लागि निकै फाइदा पुर्याउँछ। अनारको नियमित सेवन गर्नाले प्रोस्ट्रेट क्यान्सरको जोखिम कम हुन्छ। छाला चम्किलो बनाउन चाहाना छ भने, पनि नियमित रुपमा अनार खाने गर्नुहोस्।
अनारको नियमित सेवन गरे दाँतसम्बन्धी रोग लाग्न दिँदैन। गर्भवती महिलाले पनि नियमित अनार खानुपर्छ । अनार खाएमा जन्मिने बच्चाको स्वास्थ्य पनि राम्रो हुन्छ। बुढ्यौलीमा बिर्सिने समस्या भएका व्यक्तिहरूकाे लागि पनि अनारको सेवन गर्नु फाइदाजनक हुन्छ। अनारकाे जुस सेवनले यौनशक्ति पनि बढाउन मद्दत गर्दछ।