काठमाडौं– आफूखुशी औषधी सेवन गर्नाले मिर्गाैला बिग्रन सक्ने खतरा रहको चिकित्सकहरु बताउँछन्। आफूखुशी दुखाई कम गर्ने औषधीको बढ्दो सेवनले मिर्गाैला फेल हुने खतरा बढी रहने विशेषज्ञहरुको भनाइ छ।
जसअनुसार चिकित्सकको सल्लाहविना अनावश्यक एन्टीबायोटिकको प्रयोगले ‘मधुमेह, उच्चरक्तचाप, युरिक एसिड र पिसाबसम्बन्धी संक्रमण आदिका कारण मृगौला बिग्रने खतरा बढिरहेको हुन्छ।’ यस्तो अवस्थामा थकाइ र कमजोरी महसुस हुने, हात गोडा सुन्निने, महिनाबारी गडबडी, निद्रा नलाग्ने र मांसपेशी बाउँडिनेलगायतका समस्या देखिन सक्छ।
मिर्गौला रोगका लक्षण
हातगोडा सुन्निने, छाला चिलाउने, राती बढी पिसाब लाग्ने, थकाइ र कमजोरी महसुस हुने, महिनाबारी गडबडी, निदाउन कठिनाइ हुने र मांसपेशी बाउँडिने आदि हुन्छ।
रोकथामको उपाय
खानपानमा ध्यान दिने, प्रत्येक ६ महिनामा एकपटक स्वास्थ्य परिक्षण गराउने, नियमित व्यायाम गर्ने र धुम्रपान तथा मद्यपान सेवन नगर्ने तथा यस्तो अवस्थामा मिर्गौला रोगको जोखिम बढी हुने भएकोले नियमित रुपमा मिर्गौला परीक्षण गराउनुपर्छ।