काठमाडौं– मेकअप गर्दा लिपस्टिकको भूमिका अति महत्तवपूर्ण हुन्छ। अधिकांश महिलाहरूले प्रयोग गर्ने लिपस्टिकले स्वास्थ्यमा कस्तो प्रभाव पारिरहेको छ भन्ने विषयमा प्रायः जानकार भने हुँदैन।
दैनिक लिपस्टिकको प्रयोग गर्दा त्यसमा भएका केमिकलहरू मुखमा प्रवेश गरेर पेटसम्म पुग्ने खतरा समेत हुन्छ। लिपस्टिक धेरै समयसम्म लगाएर बस्दा ओठको प्राकृतिक ओसलाई सोचेर ओठ फुट्ने तथा ओठ कालो हुने समस्या पनि हुन्छ। लिपस्टिकमा एक हानिकारक प्रकारको सीसाको प्रयोग गरिएको हुन्छ।
सिसा शरीरमा प्रवेश गर्दा स्वास्थ्यका दृष्टिकोणले धेरै हानि गर्न सक्ने पाइएको छ। त्यस्तै, अनुसन्धानकर्ताहरूले पनि लिपस्टिकका ब्रान्डहरुको अध्ययन गरेका थिए। सो अध्यनमा ५५ प्रतिशत सिसाका साथै लिड जस्तो हानिकारक तत्वको प्रयोग गरिएको पाइयो।
नेपालमा पनि केही समयअगाडि सरकारले सौन्दर्य सामग्रीमाथि हुने रसायनको प्रयोगबारे परीक्षण गरेको थियो। वैज्ञानिक तथा चिकित्सकहरूका अनुसार पनि मानवीय स्वास्थ्यमा लिडका कारण क्यान्सर हुने र दिमागी क्षमता कम हुने खतरा हुन्छ।