काठमाडौं– पेट लागेमा मुटुसम्बन्धी रोग, चिनी रोग साथै उच्च रक्तचापदेखि क्यान्सर सम्मको जोखिम हुन्छ। यस्तो अवस्था आउन पेट घटाउन जरूरी हुन्छ। त्यसकाे लागि काँक्राे खानु अपरिहार्य छ।
काँक्राेका फाइदाहरूः
चिल्लो खानाको विकल्प दिन्छ– पेट र शरीरको वजन बढ्नुमा चिल्लो खाना जिम्मेवार हुन्छ। प्रायः सबै खानामा चिल्लो पदार्थ हुन्छ। तर, काँक्रोमा फ्याट हुँदैन र क्यालोरी न्यून हुन्छ। त्यही भएर पेट ठूलो भएकाहरूले भोक लागेको बेला काँक्रो खाने गरेमा लाभ मिल्छ।
पाचन बलियो बनाउँछ– अपच र कन्स्टिपेसनको समस्या भएकालाई पेट बढ्ने समस्या हुन्छ। काँक्रो पानी र फाइबरको राम्रो स्रोत भएकाले यो खानाले अपच र कन्स्टिपेसनको समस्या हराएर जान्छ।
विकार हटाउँछ– काँक्राको बियाँमा शरीरमा जम्मा भएका विकारलाई शरीरबाहिर निकास गराउने गुण हुन्छ। पिसाबमार्फत शरीरका विकार बाहिर निकाल्न यसले मद्दत गर्छ। पेटमा जम्मा भएका विकार बाहिर निस्किँदा पेट क्रमशः घट्दै जान्छ।
अल्सरको समस्या– अल्सर भएको छ भने, पेटमा ग्यास उत्पन्न भई पेट बाहिर निस्किन थाल्छ। यस्तोमा काँक्रो खानाले पेटको जलन कम हुनुका साथै अल्सरको असर पनि कम हुन्छ।
रगतको ग्लुकोज कम गर्छ– काँक्रो खानाले कोलेस्ट्रोल कम हुन्छ। साथै, काँक्रोमा पाइने इथानोल नामक पदार्थले रगतमा ग्लुकोजको मात्रा कम गर्छ।