काठमाडौं– पिरो धेरै खाएकै कारण अरुबाट यस्तो खानेकुराले स्वास्थ्यमा नकारात्मक असर गर्छ भन्दै नखाने सल्लाह पनि पाउनु भएकै होला। तर एक अध्ययनले पिरोले खानालाई स्वादिलो मात्र बनाउने नभएर यसले स्वास्थ्यमा फाइदा गर्ने देखाएको छ।
पिरो खानेकुराका फाइदाहरुः
१. तौल कमः
पिरो खानेकुराले निकै फाइदाजनक हुनसक्छ। यसले शरीरमा भएको अतिरिक्त तौल घटाउन मद्दत गर्छ। खुर्सानीमा भएको क्यापसाकिन कम्पाउण्डले थर्मोजेनिक प्रभाव शरीरमा गर्दछ जसले खानाले प्रदान गर्ने क्यालोरीभन्दा बढी क्यालोरी नष्ट गर्दछ।
२. क्यान्सर रोक्छः
अध्ययनका अनुसार क्यापसाकिनल क्यान्सरका कोषहरुलाई पनि नष्ट गर्दछ। यसले रुघा खोकी नियन्त्रण गर्न मद्दत गर्दछ।
३. मुटुलाई स्वस्थ राख्छः
मुटुसम्बन्धि जोखिमलाई खुर्सानीले नियन्त्रण गर्न मद्दत गर्दछ। शरीरमा रहेको खराब कोलेस्ट्रोललाई नष्ट गर्दछ र हृदयघात र स्ट्रोकको जोखिमलाई न्यूनिकरण गर्दछ।
४. रक्तचापलाई कम गर्छः
खुर्सानीमा रहेका कम्पाउण्डले रक्तचापलाई कम गर्ने देखाएको छ। यसले रक्तनलीहरुलाई आराम गराउँदछ।
५. रिस नियन्त्रण गर्छः
पिरोले शरीरमा सेरोटोनिन् हर्मोनको मात्रा बढाउँछ। यसलाई राम्रो अनुभव दिने हर्मोन पनि भनिन्छ। यसले मानिसलाई डिप्रेसन हुनबाट पनि जोगाउँछ।