एजेन्सी– मान्छे निश्चित उमेरपछि बढ्न बन्द हुन्छ भन्ने गरिन्छ। तर विज्ञहरु यो कुरा मान्न तयार छैनन्। उनीहरु भन्छन् केही यस्ता व्यायाम छन्, जो नियमित गर्ने हो भने, शरीरको लम्बाई बढाउन मद्दत गर्दछ।
शरीरको लम्बाइ बढाउनका लागि सबैभन्दा उत्तम उपाय हो, स्किपिङ। जसलाई हामी सामान्य भाषामा डोरी खेल्ने भन्छौँ। यसको माध्यामबाट शरीरमा रक्त संचार सही बनाइराख्छ जसले शरीरको हड्डीको लम्बाई बढाउन निरन्तर दबाब बनाउनेछ।
यसका साथै बास्केटबल खेलले पनि शरीरको लम्बाइ बढाउन मद्दत गर्दछ।