काठमाडौं– सानैदेखि आफ्ना कुराहरु साथीभाईका साथमा शेयर गर्नुपर्छ भन्ने सिकाइन्छ। यो बानी राम्रो पनि हो। कुनै अवस्थामा भने शेयर गर्न] बानी स्वास्थ्यका लागि घातक बनिदिन सक्छ।
यी खास चिज भुलेर पनि कसैका साथमा शेयर गर्नुहुँदैनः
१. हेडफोन
हामी हेडफोन या एयरफोन प्रयोग गर्छौं तब हाम्रो कानमा भएको ब्याक्टेरिया बाहिर निस्किन्छ। जुन हेडफोनमा टाँसिएको हुन्छ। यसको प्रयोग गर्दा कानमा इन्फेक्सन हुन सक्ने खतरा हुन्छ।
२. टावेल
सबैभन्दा बढी इन्फेक्सन एक अर्काको तौलिया प्रयोग गर्दा हुन्छ। टावेल शेयर गर्दा त्वाचासम्बन्धि रोग सर्छ।
३. चप्पल
धेरैको बानी जुत्ता ,स्यान्डल साटेर लगाउने तथा जसको पायो त्यसैको चप्पल लगाएर हिड्ने हुन्छ। यसले खुट्टामा फंगल इन्फेक्सन हुने खतरा बढ्छ।

४. लिपस्टिक
महिलाहरु आफ्नो लिपस्टिक साथीका साथमा शेयर गर्ने गर्छन। लिपस्टिक शेयर गर्दा ओठमा इन्फेक्सनको खतरा बढ्छ।