काठमाडौं– कार्बन, हाइड्रोजन, अक्सिजन तथा नाइट्रोजन जस्ता तत्व मिलेर युरिक एसिड बनेको हुन्छ। यो शरीरमा एमिनो एसिडको रुपमा प्राप्त हुन्छ। यसको मात्रा पिसाबकाे रूपमा शरीरबाट बाहिरिने गर्छ। तर जब शरीरमा यसको मात्रा बढ्छ, तब यो शरीरभित्र जम्मा हुन थाल्छ र हड्डीमा क्षति पुर्याउने गर्छ। युरिक एसिड भएमा आर्थराइटिस हुने सम्भावना उच्च हुन्छ।
युरिक एसिड बढ्ने कारणः
थुप्रै कारणले शरीरमा युरिक एसिडको स्तर बढ्ने गर्दछ। त्यस मध्ये वंशानुगत कारण देखि उच्च रक्तचाप, मोटोपन, अनियन्त्रित खानपान, रक्सीको सेवन, पिसाब बढी लगाउने औषधिको प्रयोग मुख्य हुन्।
मदिराको सेवन प्राय धेरैले गर्ने र ती व्यक्तिहरुमा उच्च रक्तचाप, मोटोपन, पिसाब गराउने औषधिको सेवन गर्नु पर्ने बाध्यता जस्ता विभिन्न समस्या एकैपल्ट देखा पर्नसक्ने भएकोले त्यस्ता व्यक्तिहरुले उच्च सतर्कता नअपनाएका खण्डमा युरिक एसिडको स्तर बढ्छ। त्यसबाट स्वास्थ्यमा नकारात्मक प्रभाव पर्छ।
युरिक एसिड कसरी हुन्छ?
यो समस्या ३० वर्ष उमेर पार गरेका व्यक्तिहरुलाई धेरै हुने गर्छ। जब कुनै कारणवस मिर्गौलाले रगतमा भएका विभिन्न रसायनलाई राम्ररी छान्न सक्दैन, तब रगतमा रहेको युरिया युरिक एसिडमा परिवर्तित हुन जान्छ। सामान्यतया युरिक एसिड शरीरको कोशिका तथा हामीले खानेकुराबाट बन्छ।
एक स्वस्थ महिलाको शरीरमा युरिक एसिडकोस्तर २.४–६.० मिलीग्राम प्रति डेसीलिटर भएमा यसलाई सामान्य मानिन्छ। त्यस्तै पुरुषमा युरिक एसिडको स्तर ३.४–७.० मिलीग्राम प्रति डेसीलिटर भएमा त्यसलाई सामान्य मानिन्छ।
यसका लक्षणः
जोर्नी राति बढी दुख्नु, खुट्टाको बुढी औँला र आसपासका जोर्नीहरु सुन्निनु, लामो सयम युरिक एसिडको समस्या भएकालाई घुँडा, कुइनो लगायतका जोर्नीहरुमा पनि दुख्नु, दुखाई सहनै नसक्ने हुनु र ज्वरो आउने जस्ता लक्षण हुन्छ।
यसको घरेलु उपचारः
एक किलोे काँचो मेवालाई राम्ररी पखालेर त्यसलाई बोक्रासमेत सानो सानो टुक्रामा विभाजित गरी एउटा भाडोमा हालेर त्यसमा तीन किलो पानी मिसाएर त्यसमा पाच प्याकेट ग्रीन टी मिसाएर करिब १५ मिनेट चिया झै उमालेर छान्ने, अन्दाजी ५–६ गिलास सहितको यो औषधी तयार हुन्छ।
यसलाई १४ दिनसम्म लगातार पिएको खण्डमा तपाईको शरीरमा आश्चर्यजनक परिवर्तन देखिन्छ। त्यतिमात्र हैन, १४ दिन पश्चात्त जब तपाईको रिपोर्ट सामान्य आउँछ। त्यसपछि सातामा एक दिन यसको सेवनले युरिक एसिडको समस्या पुरै हटेर जान्छ।