एजेन्सी– आजभोली प्रायः मानिसहरु रातभर निद्रा नलाग्ने समस्याबाट ग्रसित छन्। जसले गर्दा दिनभर नै थकित र तनावयुक्त तथा अल्छी हुन्छन्। उमेर ढल्कँदै जाँदा, शारीरिक थकान वा मानसिक तनावले झनै निद्रा लाग्दैन।
निन्द्रा नलाग्ने समस्याबाट मुक्ति पाउन यसो गर्नुहोस्ः
पानीमा खुट्टा डुबाउने– मनतातो पानीलाई केही गहिरो भाँडामा राखी थोरै नुन राखेर घोल्ने। त्यसपछि सो नुनपानीमा खुट्टालाई गोलिगाँठोभन्दा केही माथिसम्म करिब १० देखि १५ मिनेटसम्म डुबाएर राख्ने। त्यसपछि पानीबाट निकालेर खुट्टालाई नरम कपडाले सुक्खा बनाएर पुछ्ने।
दैनिक खाली खुट्टा हिँड्ने– आफ्नो अवस्था हेरेर दैनिक करिब १० देखि १५ मिनेट खाली खुट्टा दुबो या घाँसमा हिँडडुल गर्दा फाइदा हुन्छ। अत्यन्तै मोटोपन, घुँडा वा खुट्टासम्बन्धी कुनै रोगका कारण सहज हिँडडुल गर्न नसक्ने अवस्था भएमा लठ्ठी वा अन्य मानिसको सहयोग लिएर हिँड्नु फाइदाजनक हुन्छ।
भ्रामरी स यो एक प्राणायाम– याे एक याेगा प्रक्रिया हाे। यसले मस्तिष्कलाई कम्पन वा झन्झनाहट दिन्छ। यसरी शरीरलाई शिथिल बनाउँछ र आराम दिन्छ। मुखभित्र जिब्रोलाई माथिपट्टि दोबारी तालुमा टँसाउने। त्यसपछि मुख बन्द गरी नाकले भमरा वा मौरीको जस्तो आवाज निकाल्दै श्वासलाई नाकबाट बाहिर निकाल्ने। यो प्रक्रिया करिब नौ पटक दोहोर्याउनुहोस्।
पूर्ण आराम विधि– सर्वप्रथम शरीरका सम्पूर्ण अंगप्रत्यागंलाई स्वतन्त्र रुपमा खुला बनाउने। हातलाई शरीरभन्दा करिब १५ सेन्टिमिटरको दूरीमा राखी खुट्टालाई फट्याएर मृत शरीरको रुपमा ओछ्यानमा सुत्ने। सम्भव भएसम्म सिरानीको रुपमा अत्यन्तै पातलो नरम कपडालाई दोबारेर राख्ने।
त्यसपछि आफ्नो शिरदेखि पाउसम्मका सम्पूर्ण अंगलाई नछोडी सम्झिँदै जाने र सबै अंगमा आराम हुँदै गएको सूचना आफ्नो मस्तिष्कलाई दिँदै जाने, उक्त प्रक्रिया दोहोर्याउँदै जाने क्रममा हामी सहजै निदाउँन सक्छौं।