काठमाडौं– इन्स्टाग्राममा यस्ता धेरै प्रयोगकर्ता छन्, जसबाट लाखौँ मानिसहरु प्रभावित हुने गरेका छन्। त्यसैले मानिसहरु दैनिक नयाँ स्वास्थ्य टिप्स दिन्छन् र मानिसहरुलाई कसरत गर्न सिकाउँछन्। उनीहरु जस्तो बन्न र देखिनका लागि धेरै मानिसहरु पसिना बगाउँछन् र सामाजिक सञ्जालमा आफ्नो तस्वीर शेयर गर्ने गर्दछन्।
इन्स्टाग्रामका प्रभावशाली हस्तिहरु र उनका लाखौँ फलोअर्स उक्त ह्यासट्यागको एक करोड ८० लाख पटक प्रयोग गरिसकेका छन्। फिट रहनका लागि शारीरिक कसरत र सन्तुलित भोजन दुवैको महत्व हुन्छ, तर फिटनेसका क्रेजमा जो मानिसहरु आफूलाई भोकै राख्छन्, फलतः उनीहरु पछि गएर ठुलो समस्यामा पर्न पनि सक्छन्।
सुन्दर मांसपेशी र एब्सका लागि कम क्यालोरी भएको खाना र ज्यादा खाना बार्ने क्रेज एक बिमारी हो। यस बिमारीलाई आर्थेक्सिया नर्वोसा भनिन्छ। इन्स्टाग्राममा व्याकुल व्यक्तिहरुमा यसको लक्षण प्रमुख रुपमा देखिन्छ। यसको उपचार गरिएन भने यसले कुपोषण र मानसिक स्वास्थ्यमा जटिलता पैदा गर्न सक्छ।
यस बिमारीबाट पीडित व्यक्ति जुन नी व्यवहारका शिकार हुन्छन् र उसको जीवनको गुणस्तर घट्न थाल्छ। एक पटक यो रोगले समाएपछि निको हुन लामो समय लाग्छ र पूर्ण रुपमा निको नभएसम्म स्वास्थ्य बिग्रने खतरा हुन्छ। वैज्ञानिकहरुको अनुसन्धानमा मानिसहरु इन्स्टाग्राममा ज्यादा एक्टिभ रहन्छन्, उनीहरुमा अर्थोरेक्सिया हुने खतरा ज्यादा हुने पाइएकाे छ।