एजेन्सी– आजभोली धेरै महिलाको साझा समस्या भनेको, पाठेघर दुखाई हुने गरेको छ। महिनावारी अघि र पछि पनि तल्लो पेट दुख्ने समस्याले महिलाहरुलाई निरन्तर सताउने गरेको पाईन्छ। तर यसको सही उपचार नगरेमा बिस्तारै महिलाहरुको स्वास्थ्य नै प्रभावित बनाइदिन्छ।
महिनावारी भएको समयमा हल्का पेट दुख्नु सामान्य हो, तर पिसाबमा संक्रमण, पाठेघरको छेउछाउमा घाऊँ तथा संक्रमण निकै घातक हुनसक्छ। यस्तो अवस्थामा तल्लो पेटको दुखाईले महिलालाई पछि गएर ठूलो समस्या पनि आइलाग्न सक्छ। जन लक्षण अनुसार कारण पहिल्याएर उपचार गर्नु आवश्यक हुन्छ।
यसका लक्षणहरुः
कतिपय महिलालाई महिनावारी गडबडीले तल्लो पेट दुख्ने गर्छ भने, कसैलाई योनीबाट रगत जाने कारणले समेत दुख्ने गर्दछ। यसरी तल्लो पेट दुख्नु पाठेघरको टिबी हुनसक्छ। यस्तोमा खान मन नलाग्ने, तौल कम हुने, थकाइ लाग्ने, अलिकति काम गर्ने बित्तिकै थाक्ने र ज्वरो आउने गर्दछ। साथै लामो समय तल्लो पेट दुख्ने, महिनावारीका बेला दुखाई बढ्ने, शारीरिक सम्पर्क राख्दा असामान्य दुख्ने समेत हुन्छ। यस्तो दुखाई हुँदा काम गर्न नसकिने, दिसापिसाब गर्न गाह्रो हुने, ढाड दुख्ने र योनीबाट तरल पर्दाथ बग्नेसमेत हुन्छ।
यसका कारणहरुः
महिनावारी भएको बेला योनीबाहिर रगत आउनु पर्नेमा पाठेघरको दुईतिर भएको ट्युबबाट रगत बग्दा डिम्बाशयमा जम्दा तल्लो पेट दुख्ने हुनसक्छ। महिनावारी हुँदा बाहिर बग्नु पर्ने रगत जमेर बस्छ र त्यो रगत आन्द्रा, नशा र पिसाबथैली माथि पुग्दछ। जो पछि टासिएर कसिदै जान्छ र लामो समय हलचल नभई, हलचल हुनासाथ वा शारीरिक सम्पर्कका बेला दुख्ने गर्दछ। यो पीडा महिनावारीको बेला वा यात्रा गर्दासमेत बल्झिने गर्दछ।
यसको उपचारः
तल्लो पेट दुखाईको उपचार गर्नु अघि तल्लो पेट दुखाईको कारण बुझ्नुपर्ने हुन्छ। यस्तोमा चिकित्सकले महिलाको पाठेघरको हिस्ट्रि बुझेर मात्र उपचार थाल्दछन्। हिस्ट्रिबाट पनि दुखाईको कारण पत्ता लगाउन सकिएन भने, चिकित्सकले बिरामीलाई बेहोस पारी ल्याप्रोस्कोपी प्रक्रियामार्फत पाठेघर र भित्ताको जाच गर्दछन्। यदि डिम्बाशयमा रगत जम्मा भएको रहेछ भने, त्यसलाई निकाल्नैपर्छ। वा समस्या अझै बढी भएमा पाठेघरसँगै डिम्बाशय पनि निकाल्नु पर्ने हुन्छ। त्यसैले तल्लो पेटको दुखाईलाई सामान्य नमानी दुखाई शुरु हुनासाथ चाँडो भन्दा चाँडो चिकित्सकको परामर्श लिन जरुरी हुन्छ।