काठमाडौं– आजकाल कपाल समयपूर्व नै झर्नु सबैभन्दा ठूलो स्वास्थ्य समस्या बनेको छ। कपाल झर्नुको पनि धेरै कारण हुनसक्छ। जसमा उमेरसँगै शरीरमा लाग्ने रोग, वातावरण तथा वंशानुगत कारणका साथ खानपिन र केमिकलयुक्त सामग्रीहरूको प्रयोग बुझिन्छ।
त्यस्तै, मानिसहरूले दैनिकजसो रूपमा खाने केही खानाहरू धेरै खाँदा रगतमा बायोटिनको कमी हुन थाल्छ, जसले कपालको जरामा रक्तसञ्चार कम हुन गई तीब्र गतीमा कपाल झर्ने गर्छ। केक, पिज्जा, पाउरोटी, पास्ता, जंक फुड तथा मैदाले बनेका खानेकुराको सेवनले यसमा पाइने स्टार्च चिनीमा परिवर्तन हुन्छ।
यसको सेवनले शरीरमा चिनीको मात्राले हर्मोनको स्तर बढाउँछ। शरीरमा चाहिने भन्दा उक्त हर्मोन धेरै भएको खण्डमा तीब्र रूपमा कपाल झर्न थाल्छ। धेरै मात्रामा गुलियो चकलेट तथा मिठाइको सेवनले रगतमा चिनीको मात्रा बढ्दै गएर हेयर फोलिकल खुम्चिने हुँदा कपाल धेरै झर्ने गर्दछ।
तारेका खानेकुरामा हुने अत्यधिक तेलका कारण टाउकोको कपालको प्वाल बन्द हुन जान्छ, जसको कारण कपाल तीब्र रूपमा झर्ने गर्दछ। दैनिकजसो खाने आलुमा स्टार्चको मात्रा अत्यधिक हुन्छ, जसले इन्सुलिनको स्तरलाई बढाएर कपाल धेरै झर्दछ।
त्यस्तै आलुबाट बनेको फ्रेन्च फ्राइमा धेरै तेल र ट्रान्सफ्याट हुन्छ, जसले कपालको जरालाई पोषण पाउन दिँदैन र कपाल झर्न सुरु गराउँछ। रक्सीको सेवनले पनि शरीरमा जिंकको शेचन स्लो बनाएर कपाल अत्यधिक झार्ने गर्दछ। कार्बोनेटेड ड्रिङ्कस्, सोडा, कोक, पेप्सी जस्ता ड्रिङ्कसमा अत्यधिक चिनी र एसिडिक क्वालिटी हुन्छ, त्यसकारण कपाल धेरै झर्ने गर्दछ।