काठमाडौं– आफ्नो रोजाइ होस् वा बाध्यता, महिलाले आफ्नो ईच्छा पूरा गर्नका लागि वा परिवार पाल्न घरको बिहान तथा बेलुकाको सम्पूर्ण जिम्मेवारी, भान्साको काम सकेर आफ्नो कार्यस्थलमा जिम्मेवारीका साथ प्रस्तुत हुनुपर्छ। ती महिलाहरुलाई कामकाजी महिला भनिन्छ।
कामकाजी महिलाहरूका लागि घरबाहिर वा भित्रका काम उत्तिकै जिम्मेवारीपूर्ण तरिकाले गर्नु निकै चुनौतीपूर्ण हुन्छ। कामकाजी महिलाहरू आफ्नो दैनिक कार्यमा निकै ब्यस्त भएको कारण आफूले आफ्नो स्वास्थ्यको हेरचाह गर्न समय पाउँदैनन्।
व्यायाम समेत गर्न समय निकाल्न नसक्ने महिलाहरू आफ्नो खानपानमा समेत ध्यान दिन सक्दैनन्। त्यसकारण कामकाजी महिलाहरूलाई स्वास्थ्य र फिट रहनका लागि यही टिप्सहरू यस्ता रहेका छन्ः
– चिल्लो, पिरो, मसलेदार, बाहिरको तथा जंक फूड कम खानुपर्छ। प्रशस्त मात्रामा क्याल्सियम र आइरनयुक्त खानेकुरा खाने, झोलिलो पदार्थ, फलफूल, सागसब्जी, सलाद तथा ड्राइ फ्रुट्समा जोड दिने र प्रशस्त मात्रामा पानी पिउने गर्नु पर्दछ।
– जतिसुकै व्यस्त भएपनि बिहानको आधि घण्टा व्यायाम गर्ने वा मर्निङ्ग वाक जाने, दिनहुँ व्यायाम गर्न नसकेपनि हप्ताको ३ दिन समय निकाल्ने, समयमा निन्द्रा पुग्नेगरी सुत्ने र धुम्रपान तथा मदिरापानबाट टाढा रहनु पर्दछ।