काठमाडौं– महिलाहरु सधैँ पुरुषको नजरमा असल र चरित्रवान् बन्न चाहान्छन्। उनीहरु समाजमा हरेक व्यक्तिबाट संस्कारी र सभ्य नारी बनेर प्रशंसा सुन्न चाहान्छन्।
सबैको नजरमा राम्रो बन्ने मानसिकताले स्वयं महिलामा भने नकारात्मक प्रभाव पारिरहेको विज्ञहरु बताउँछन्। जसलाई ‘सुपरवुमेन सिन्ड्रोम’ भनिन्छ।
‘सुपरवुमेन सिन्ड्रोम’ के हो ?
घर–परिवारको जिम्मेवारी होस् वा करियरलाई उचाईमा पुर्याउन आजभोलि महिलाहरु हरेक कुरामा फिट रहन चाहान्छन्। हरेक क्षेत्रमा जीवनमा सही हुने लत लागेका महिलामा ‘सुपरवुमेन सिन्ड्रोम’ देखापर्छ। अनुसन्धानमा उल्लेख भएअनुसार गृहणी, सुत्केरी, कामकाजी महिला र सामाजिक अभियन्ताहरुमा यस्तो समस्या देखिन्छ।
यसको लक्षणः
१. प्रशंसा सुन्नको लागि अरुलाई सधैँ खुशी राख्नु,
२. सर्वगुण सम्पन्न हुने भावना,
३. खुलेर कुरा नगर्नु,
४. आत्मसम्मान कम हुनु,
५. उत्कृष्ट बन्न कोसिस गर्नु।
सेरोटोनिन हुनसक्छ यसको कारणः
महिलाहरुमा यस्ता समस्या देखिनुको कारण सेरोटोनिन नामक तत्व हुनसक्छ। यो एउटा ब्रेन केमिकल हो। मस्तिष्कमा सेरोटोटनिनको कमी पूरा गर्नको लागि एस्ट्रोजन बढाउने खाना सेवन गर्नुपर्छ।
कसरी बच्ने ?
१. आत्म–अनुशासनः
सिन्ड्रोमबाट बच्नको लागि आत्म–अनुशासन जरुरी हुन्छ। घर वा अफिसमा काम गर्दा आफ्नो लागि पनि समय निकाल्ने गर्नुपर्छ।
२. प्राथमिकतालाई सुनिश्चित गर्नुस्ः
समयमा सबै काम गर्नसक्नु वा धेरै क्षेत्रमा उत्कृष्टता प्राप्त गर्नु सम्भव हुने कुरा होइन। यस्तो अवस्थामा आफ्नो प्राथमिकताको काम गर्ने र जरुरी चिजमा मात्रै ध्यान दिँदा समस्या आउन सक्छ।
३. धेरै अपेक्षा नगर्नेः
हाम्रो समाजमा महिलाहरु आफ्ना नजिकका मान्छेसँग मात्र होइन आफैँसँग पनि धेरै आशा र अपेक्षा राख्ने गर्छन्। जुन कहिल्यै पूरा हुँदैन भने सुपरवेमन सिन्ड्रोम जस्ता मानसिक रोगको जन्म दिन्छ। त्यसैले महिलाहरुले त्यतिमात्रै आशा र अपेक्षा गर्नुपर्छ जति प्राप्त गर्न सहज हुन्छ।
४. दोस्रो व्यक्तिको सहयोगः
महिलाहरु अरु व्यक्तिको सहयोग लिन हिच्किचाउँछन्। त्यसैले घरमा वा अफिसमा काम गर्दा आफूले मात्र नसकेको खण्डमा सहयोग माग्नु जरुरी हुन्छ।
५. दिनचर्यामा परिवर्तनः
महिलाहरु न खानपानमा ध्यान दिन्छन् न व्यायाम गर्छन्। यो सिन्ड्रोमको ठूलो कारण हो। दैनिक जीवनमा महिलाहरुलाई दैनिक जीवनमा व्यायाम, योगा जरुरत पर्छ। जसले दिमागमा ह्याप्पी हर्मोनको विकास हुन्छ्।
६. स्वस्थकर खानाः
महिलाहरुले डाइट चार्टमा पोषक तत्वहरु समावेश गर्नुपर्छ। भिटामिन, जिङ्क, प्रोटिन, क्याल्शियम जस्ता पोषक तत्वको सेवन गर्नुपर्छ। खानामा हरियो सागपात, फलफूल, अण्डा, दूध, नट्स, पालक, कुखुराको मासु, माछा र गाजरजस्ता खानेकुरा खानुपर्छ।
७. निन्द्राः
मोबाइल तथा अन्य इलेक्ट्रोनिक सामानमा समय बर्बाद गर्नुभन्दा समयमा नै सुत्नुपर्छ। शारीरिक र मानसिक दुवै रुपमा स्वस्थ रहन ७ देखि ८ घण्टा सुत्नुपर्छ।