काठमाडौं – मान्छे अनुसार स्वभाव सबैको फरक–फरक हुन्छ। कोही शान्त स्वभावको र कोही रिशालु हुन्छन्। व्यवहार परिवर्तन गर्नसकेमा मात्र अगाडी बढ्न् सक्छौँ। कुन समयमा के बोल्ने, केहि कुरा कसरी समझाउने र कस्तो व्यवहार गर्ने।
चाँडोचाँडो रिसाउनुहुन्छ भने सबैभन्दा पहिले गुमाउने चीज नै सम्बन्ध हो। क्रोधको आगोले सम्बन्धलाई जलाउँछ। पटकपटक कोहि प्रति क्रोध गर्नुहुन्छ भने, उसको नजरमा सम्मान पनि गुमाउनु हुन्छ। मानिसहरुको विश्वास उड्छ।
यसरी पाउन सकिन्छ रिसबाट छुटकारा
सधै मुहारमा मुस्कान हुनुपर्छ। कुनैपनि कुरा गहिरोसँग सोच्नुहोस क्षणिक आवेगमा आफ्नो प्रतिक्रिया व्यक्त नगर्नुहोस। सधै परिस्थितिलाई गम्भीरता पुर्वक हेर्नुपर्छ।लआफ्नो दिनचर्यामा ध्यान योग र मुहारमा मुस्कानलाई स्थान दिनुहोस्।
यी दुवै चिजले व्यक्तित्वमा ठुलो परिवर्तन ल्याउने छ। कुनै पनि स्थितिसँग जुध्नको लागि तयार बनाउँछ। रिस उठेको बेला तपाइँलाई जे काम गर्नमा आनन्द आउँछ त्यहीँ काम गर्नुहोस्। गाउने, नाच्ने, गित सुन्ने, चित्र कोर्ने जस्ता काम गर्नुभयो भने तपाइँको मूड परिवर्तन गर्न सघाउ पुग्नेछ।