एजेन्सी – काँक्रो नेपालमा प्राचीन काल देखिनै खेती गरिँदै आएको मुख्य लहरे बाली हो। यसकाे नियमित रुपमा सेवन गर्नाले क्यान्सर जस्तो खतरनाक रोगलाई समेत कम गर्दछ। यसमा भएको विभिन्न तत्वहरुले क्यान्सर मात्र नभई स्तन क्यान्सरको जोखिमलाई समेत कम गर्दछ।
काँक्राे खानुका फाइदा
जोर्निको समस्याबाट छुटकारा– काँक्रोमा सिलिशीया नामक तत्व प्रचुर मात्रामा पाइन्छ। यसले जोर्नीको समस्याबाट छुट्कारा पाउनुका साथै तन्तुहरुलाई पनि बलियो बनाउँछ। काँक्रोको नियमित सेवनले युरिक एसिडको स्तर पनि कम गर्न मद्दत गर्छ।
आँखाका लागि फाइदाजनक– प्रायजसो फेसप्याक लगाएपछि आँखा पोल्नबाट बच्नका लागि काँक्रोलाई काटेर आँखामाथि राख्ने गरिन्छ। यसले आँखालाई चिसो प्रदान गर्छ। कुनैपनि बेला आँखा पोले भने काँक्रोको प्रयोग गर्न सकिन्छ।
मधुमेह– रक्तचाप जस्ता राेगका लागि उपयुक्त – काँक्रो नियमित सेवन गर्नाले मधुमेह र रक्तचाप जस्ता समस्याबाट बच्न सकिन्छ। काँक्रो खानाले कोलस्ट्रोलको स्तर कम हुन्छ जसले हृदय सम्बन्धि रोग हुने शङ्का निकै कम हुन्छ। काँक्रोमा फाइबर, पोटाशियम र म्याग्नेशियम पाइने भएकाले रक्तचापलाई सन्तुलनमा राख्न मद्दत गर्दछ। उच्च र न्युत रक्तचाप भएकाहरुका लागि काँक्रो औषधिको रुपमा मानिन्छ।
मुख गनाउने समस्याबाट छुटकारा – काँक्रो नियमित रुपमा सेवन गर्नाले मुख गनाउँने समस्या हुँदैन्। काँक्रोको एक टुक्रा जिब्रोले मुखको माथिल्लो भागमा आधा मिनेट राख्ने गर्नुपर्छ। यसले काँक्रोबाट निस्किने फाइटोकेमिकलले मुख गनाउँने समस्यालाई समाप्त पार्छ।