काठमाडौं– सौन्दर्यमा महत्वपूर्ण भूमिका राख्ने, हाम्रो ओठ कहिलेकाँही कालो पनि हुन सक्छ। पटक–पटक ओठलाई छुने गर्दा ओठ सुक्खा हुने वा ओठको रंग नै परिवर्तन समेत हुने गर्दछ।
यसरी पटक–पटक ओठमा हात लगाउने बानीले गर्दा मुखमा विभिन्न किसिमका ब्याक्टेरियाहरू समेत प्रवेश गरेर पेटसम्म पुग्ने खतरा हुन्छ। लिपिस्टिक लगाएर सुत्ने गर्दा पनि ओठको प्राकृतिक ओस सोछेर ओठ फुट्ने तथा ओठ कालो हुने समस्या सुरु हुन थाल्छ।
शरीरमा पानीको कमी हुँदा ओठ सुक्ने गर्छ
शरीरमा भिटामिन ‘बी’, आइरन वा फोलेटको कमीले ओठ सुक्ने, फुट्ने तथा ओठको रंगमा परिवर्तन आइ कालो हुने समस्या देखापर्दछ। ओठको कालोपन लुकाउनका लागि महिलाहरूले लिपिस्टिक वा अन्य विभिन्न सौन्दर्यका सामाग्रीहरू प्रयोग गर्ने गर्छन। तर यस्ता समाग्रीले ओठको कालोपन हट्नुको साटो झन् बढेर जाने गर्दछ। त्यसैले ओठको कालोपनलाई हटाउनका लागि घरमा सजिलोसँग पाइने प्राकृतिक कुराहरूको प्रयोग गर्न सकिन्छ।
महको प्रयोगले ओठलाई चमकदार, मुलायम र गुलाबी बनाउन सकिन्छ
थोरै महलाई आफ्नो औंलामा लिएर बिस्तारै ओठमा लगाउनुहोस् वा महमा थोरै चिनी मिसाएर ओठमा स्क्रब गर्नुस्। यसरी दिनमा दुई पटक यो उपाय अपनाउनाले केही दिनमै ओठको बाहिरी छाला हराएर सकारात्मक असर देखिनेछ। यसलाई महको साटो दूधको छाली पनि प्रायोग गर्न सकिन्छ।
सुत्नुअगाडि थोरै मात्रामा गिल्सिरिन लगाएर सुत्दा नि फुटेको ओठ र कालो ओठको समस्या हटेर जान्छ। यदि ओठ पूरै फुटेको छ र कालोपन पनि निकै छ भने, जैतूनको तेल अर्थात् खाने ओलिभ आयलमा भ्यासलिन मिसाएर दिनमा पटक–पटक लगाएमा ओठ चिरिएको निको हुनुका साथै ओठ हल्का गुलाबी पनि हुन्छ।