काठमाडौं – आजभोली राम्रो देख्ने होडबाजीका कारण सानो होस् या ठूलो होस् पार्टीहरूमा जानुअघि महिला तथा पुरुषहरू ब्युटी पार्लर तथा सैलुन जाने गर्दछन्। आकर्षण देखिने प्रयासमा जानेर वा नजानी त्यस्ता ठाउँहरूबाट विभिन्न रोग तथा संक्रमणहरू पनि संगै आउने गर्दछन्।
किनकी पार्लरहरूमा प्रयोग गरिने एउटै सामग्री धेरै जना ग्राहकहरूमा प्रयोग गरिन्छ। त्यसैले सुन्दर र आकर्षण हुनको लागि पार्लर जाँदा विभिन्न प्रकारको समस्याहरू घर आउने गर्छन्। त्यहाँ प्रयोगमा आएका सामानहरू राम्रोसँग सफा नभएमा वा राम्रोसँग सफा नगरिएको खण्डमा पार्लर जाने अधिकांश व्यक्तिहरूलाई संक्रमण हुने सम्भावना धेरै हुने गर्दछ।
कपाल काट्दा प्रयोग गरिने कैँची, काइयो, दारी काट्ने ब्लेड, रुमाल, मेकअपको ब्रशहरूलाई पार्लरमा आउने धेरै मानिसले प्रयोग गरिरहेको हुन्छन्। त्यसैले हरेक पटक सफा नगरी त्यहीँ सामानको प्रयोग गर्दा संक्रमण हुनु स्वाभाविक हो। पार्लरमा दैनिक धेरै मानिसहरू आउँछन्। पहिलाबाट संक्रमण भएका मानिसहरूबाट पनि विभिन्न प्रकारका समस्याहरू सर्ने सम्भावना बढी हुन्छ।
अगावै कपाल झर्ने, कपाल फुल्ने, अनुहारमा घाउ, खटिरा आउने, एलर्जी हुने, चिलाउने, खिया लागेको सामान प्रयोग गर्दा लाग्ने टिटानस, हेपाटाइटिस, एचआइभी तथा कपाल र छालासम्बन्धी विभिन्न रोगहरू निम्तिन सक्छ। त्यसैले पार्लरको सामानई प्रयोग गर्नुअघि सफा गर्न र पार्लरमा काम गर्ने मानिसलाई आफ्नो हात धुन आग्रह गरी पार्लरमा प्रयोग गरिने सामानहरूको विषयमा राम्ररी बुझेर मात्र प्रयोग गर्न लगाउँनु पर्दछ।