काठमाडौं – महिलाहरुमा यूटीआई र भजाइनल इन्फेक्सनको समस्या हुनु अति नै सामान्य कुरा हो। तर कुरा गर्भधारणको आउँछ। त्यो समयमा त्यस्ता समस्याहरु धेरै हुने सम्भावना हुन्छ। गर्भवती महिलाहरुलाई विभिन्न किसिमका समस्याहरु उत्पन्न हुने भएकाले उनिहरूले भित्रि पहिरनमा ध्यान दिनु आवश्यक हुन्छ।
१. भित्रि बस्त्रहरुसंग सम्बन्धित कुरा
हरेक महिलाहरुले आफुलाई मन परेको भित्री वस्त्रहरुको छनोट गर्छन्। ड्रेस अनुसारको फिटिङ भित्रि बस्त्र लगाउँछन्। त्यसैले भित्रि बस्त्रको छनोट गर्दा पर्सनल हाइजीनलाई उपयुक्त हुने किसिमको भित्रि पहिरनको छनोट गर्नुपर्छ।
यस्तो हुनुपर्छ भित्रिबस्त्र
गर्भधारणको क्रममा सुतिको ब्रा र पेन्टी छनोट गर्नु पर्छ। यसले चिलाउने समस्या हुँदैन र आराम दिन्छ।
सरसफाई
गर्भवती महिलाले दिनमा दुई पटक आफ्नो भजाइनल एरियालाई पखाल्ने र सफा गर्नु पर्छ। भेजाइना पखालि सकेपछि सफा पेन्टी दिनमा दुई पटक नै फेर्नु पर्छ। गर्भधारणको समयमा तपाईंले धेरै कसिलो पहिरन लगाउनु हुदैन।
२. यस्तो लक्षणहरु देखिएमा?
गर्भधारणको क्रममा भेजाइना चिलाउने, इन्फेक्सन हुने, फोहोर पानी बग्ने आदि समस्या हुनु सामान्य कुरा हो। यस्तो समस्याहरुलाई सहने अथवा वेवास्ता गर्नु हुँदैन। यो समयमा धेरै तरल पदार्थ– सूप, पानी, जूस, दालको झोल पिउनु पर्छ।
३. सावधान
गर्भधारणको समयमा गोप्य अंगबाट फोहोर पानी बग्नु सामान्य कुरा हो। यस्तो अवस्थामा चिलाउने अथवा पोल्ने समस्या भयो भने इन्फेक्सनको संकेत हुन्छ। यदि पिसाब जस्तो सेतो रंगको पानी अत्याधिक मात्रामा बगेको छ भने तुरुन्त आफ्नो डाक्टरसंग भेट्नु पर्छ।
४. कामकाजी महिला र गर्भधारण
गर्भधारणको क्रममा केही समस्याहरुको सामना गर्नु पर्छ। शौचालयहरु प्रयोग गर्नु पर्ने बाध्यताका कारण भेजिनाइटिस हुने सम्भावना धेरै हुन्छ। त्यसैले आफ्नो हाइजीनप्रति धेरै सतर्कता अपनाउनु आवश्यक छ।
५. मर्निङ सिकनेस र ओरल हेल्थ
मर्निङ सिकनेस–वाकवाकी को कारण गर्भवती महिलाहरुलाई विहानको समयमा ब्रस गर्न समस्या हुन्छ। त्यस्तै समस्या हुन्छ भने माइल्ड टूथपेस्टको प्रयोग गर्न सक्नु हुन्छ। नून तथा र्सस्यूँको तेलबाट तयार पारिएको मिश्रणले दाँत सफा गर्न सक्नु हुन्छ। राति सुत्नुभन्दा अघि दाँत सफा गर्न बिर्सनु हुँदैन।
६. ओरल हाइजीन
ओरल हेल्थका लागि डाक्टरको सल्लाह लिएपछि एन्टि इन्फ्लामेट्रि माउथवाशको प्रयोग गर्न सक्नु हुन्छ। गर्भधारणको क्रममा गीजामा हुने सूजन तथा इरिटेशनमा पनि लाभ पुर्याउँछ।