काठमाडौं – कब्जियत तथा क्यान्सर रोगको समस्या छ भने तपाईले अमलाको प्रयोग गर्न सक्नुहुन्छ। किनकी भिटामिन ‘सि’ को मुख्य स्रोत मानिने अमलाको सुकेको धुलोमा हर्रो र बर्रोको धुलो बराबर मिसाई एकदुई चम्चा सुत्ने बेलामा खाँदा बिहान दिसा खुल्छ।
सुकेको अमलाको चूर्ण नियमित रूपमा पानीसँग सेवन गर्दा आउँ, अपच र कब्जियतजस्ता समस्याबाछ मुक्ति पाइन्छ। विशेषज्ञका अनुसार प्रत्येक दिन अमला तथा यसको जुस खानाले पेट सफा हुन्छ। जसकाे कारण तपाईँमा देखापरेको कब्जियत तथा पेटका समस्याहरु पूर्ण रुपमा समाधान हुन्छन्।
अहिलेको अवस्थामा क्यानसर रोग नौलो मानिँदैन, तर यो रोग लागेको खण्डमा पनि अमला प्रयोग गर्दा यसमा पाइने एन्टिअक्सिडेन्टले कार्सनोजेनिक सेल्सलाई बन्न रोक लगाउँछ। जुन क्यान्सरबाट बचाउनका लागि फाइदाजनक मानिन्छ।
अमलाका फाइदाहरु
प्रत्येक दिन एउटा अमला खानाले पेट सफा रहिरहन्छ र कब्जियत लगायत पेटमा देखा पर्ने समस्याहरु उत्पन्न हुन पाउँदैन। साथै ग्यास्ट्रिक पनि केहि हदसम्म कन्ट्रोल हुन्छ। अमलामा पाइने एन्टिअक्सिडेन्टले कार्सिनोजेनिक सेल्सलाई बन्न रोक लगाउँछ जुन क्यान्सरबाट बचाउनका लागि फाइदाजनक मानिन्छ।
अमलाको सेवन दैनिक गर्नाले शरीरको रोग प्रतिरोधक क्षमता मजबुत हुन्छ। किड्नीसँग सम्बन्धित रोगहरु लाग्दैनन्। अमलाको जुस बनाएर खानाले पनि रगत सफा हुन्छ र शरीर स्वस्थ रहन्छ। दैनिक एउटा अमला खानाले फोक्सोसँग सम्बन्धित रोगहरु लाग्न पाउँदैनन्। अमला शरीरको त्वचा र कपालको लागि फाइदाजनक हुन्छ।
अमलाको दैनिक सेवनले त्वचा लामो समयसम्म जवान हुनुका साथै कपाल पनि फुल्नबाट जोगिन्छ। त्यस्तै दैनिक अमलाको जुस अथवा जाम खाएर दुध पिउने गर्नाले शरीरमा कुनै पनि रोगले आक्रमण गर्न सक्दैन। अमलाले आँखाको रोशनी अझ बढी शक्तिशाली बनाउँछ। दैनिक अमला सेवन गर्दा पत्थरी हुनबाट बच्न सकिन्छ।
कस्ता रोग भएकाले अमला प्रयोग गर्दा राम्रो ?
अमलामा विभिन्न रोगहरु निको पार्ने क्षमता हुन्छ। यो प्रसिद्ध आयुर्वेदिक औषधि त्रिफलाको एउटा अवयव हो। त्रिफलाले दिसा सफा गराउने, सुन्निएको कलेजो र पेटसम्बन्धी सिकायतहरूमा फाईदा गर्दछ। अमलाको फल खाना पचाउने रक्तअल्पत्ता, कमलपित्तमा पनि उपयोगी मानिन्छ। यस बाहेक यसका फलहरू कपाल कालो बनाउने, कालो मसी बनाउने काममा पनि प्रयोग गरिन्छ। फल तथा बोक्रा छाला प्रशोधन गर्न र रङ्गाउन पनि प्रयोग गरिन्छ।
अमलाले युवाहरुमा यौवन शक्ति प्रदान गर्नुका साथै बृद्धहरुमा युवाअवस्थामा जस्तै जोस जाँगर प्रदान गर्छ। तर अमलालाई दिनहुँ सेवन गर्नुपर्दछ। यसलाई सुख्खा चुर्णको रुपमा अन्य औषधिको रुपमा, अचारको रुपमा वा अन्य कुनै रुपमा प्रयोग गर्न सकिन्छ।
त्रिफलाको ३ औषधिमध्ये एक अमला गुणी जडिबुटीमा पर्छ। भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ। अमला भिटामिनको राम्रो स्रोत भएकै कारण यसको फेदकाे छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ।