एजेन्सी– स्वादको आधुनिक अवतारमा फास्टफूडले बच्चाको वर्तमान र भविष्य दुवैलाई खराब गर्न सक्दछ। पिज्जा, बर्गर धेरै खाँदा शरीरमा बोसोको मात्रा धेरै भई भिटामिन डी र क्याल्शियमको कमीले हड्डीलाई कमजोर बनाइरहेकाे हुन्छ।
पिज्जा र बर्गरका कारण बच्चाहरुको शरीरमा क्याल्शियमको कमी हुन्छ र उनीहरुको हड्डी कमजोर बनाउँदछ। शरीरमा पर्याप्त मात्रामा भिटामिन नहुँदा बच्चाको हड्डी विकसित हुन पाउँदैन। केजीएमयूका अनुसार, हड्डी विभागमा बहिरंग सेवाका लागि आउने ४० प्रतिशत बच्चाहरुमध्ये अधिकांश बच्चाहरुको व्यवहारबारे जानकारी लिँदा धेरै जंक फूड खाएका कारण हड्डीको समस्या लिएर आएको पाइन्छ।
बच्चा किन मुश्किलमा?
बच्चाहरुमा विकासको गतिसँगै हार्मोनल एवं शारीरिक परिवर्तन भइरहेको हुन्छ। यसका लागि उनीहरुलाई अतिरिक्त पोषणको आवश्यकता पर्छ। पिज्जा बर्गर खानाले त्यसमा रहेको बोसो, नून वा चिनीको मात्राले पेट त भरिन्छ, तर शरीरका लागि आवश्यक प्रोटीन, भिटामिन, क्याल्शियम र मिनरल मिल्दैन। यसको असर उनीहरुको शारीरिक विकासमा पर्दछ।
शारीरिक क्रियाकलापसँग जंक फूडको सिधा सम्बन्ध हुन्छ। अभिभावकहरुले माया गरेर आफ्नो बच्चालाई चिल्लोयुक्त खाना त खुवाउँछन्, तर उनीहरुले हिँडडूल वा शारीरिक अभ्यासमा ध्यान दिएको पाइँदैन। यसबाट मोटोपन, बिर्सने, तनाव जस्ता समस्या पनि पैदा हुनसक्दछन्।
शरीरमा क्याल्शियम र भिटामिन डी कमी हुनाले हड्डी कमजोर हुन्छ। रिकेटको समस्याले बच्चाहरुमा हड्डी टेढो (बागों) र अव्यवस्थित भइरहेको छ। हड्डी कमजोर भएपछि आस्टियोपरोसिस, आस्टियो मेलेशिया, जोर्नी सुन्निने र दुख्ने जस्ता समस्या पनि देखिन थाल्छन्।
लक्षणः
पँलेटी मारेर बस्न समस्या, हात सिधा गर्न समस्या, ढाडको हड्डीमा लगातार दुखाइ र हड्डी अव्यवस्थित रुपले उठ्ने (बाहिर निस्कने)।
के गर्ने ?
दूध र जूस खाने, हरियो सागसब्जीको मात्रा बढाउने, लञ्च वा डिनरमा पिज्जा बर्गर नखाने, आउट डोर गेममा जोड दिने। फास्टफूड हैबिट (बानी) को पछाडि विज्ञापनको ठूलो हात हुने गर्छ। यो विभिन्न अनुसन्धानहरुले जानकारी ल्याइसकेको कुरा हो। ब्रिटेनमा बच्चामा केन्द्रित जंक फूडको विज्ञापनमा रोक लगाएको छ। यदि नियमको उलंघन गरेमा सजायको भागीदार बन्नुपर्छ।