एजेन्सी– मानिसहरु आज बिदा त हो नि, भनेर केही बढी सुत्न खोज्छन्। तर आवश्यकता भन्दा धेरै निदाउँदा मुटुमा समस्या बढ्न सक्ने एक अध्ययनले देखाएको छ। चीनमा भएको एक रिसर्चले धेरै निदाउने मानिसहरुमा मुटु रोगको खतरा बढ्ने बताएको छ।
अनुसन्धानमा २१ देशका ११,७०० मानिसहरु सहभागी थिए। जसको उमेर ३५ देखि ७० वर्षको बीचमा थियो। यो अनुसन्धान ८ वर्षसम्म चलेको थियो। जसमा १ हजार मानिसहरु जो राती ६ देखि ८ घण्टा निदाएका थिए, उनीहरुमध्ये ७.८ प्रतिशत मानिसमा मुटु रोग (हार्ट फेल्योर) को समस्या देखिएको थियो।
त्यस्तै ८ देखि ९ घण्टा सुत्ने १ हजार मानिसमध्ये ८.४ प्रतिशत र ९ देखि १० घण्टा सुत्ने मानिसहरुमा १०.४ प्रतिशत मानिसमा मुटुसम्बन्धी रोग देखिएको थियो। म्याकमास्टर एन्ड पिकिङ युनियन मेडिकल कलेजका प्रोफेसर चुआंगसी वाङका अनुसार धेरै निदाउने मानिसमा मुटु रोग हुने र ज्यान नै जानेसम्मको खतरा देखिन्छ।
उनी भन्छन् ‘शरीरमा भएका विभिन्न समस्याले गर्दा पनि मानिसहरु लामो समयसम्म निदाउँछन्। जसले झन् मुटु सम्बन्धी समस्या बढाउँछ। युरोपियन हार्ट जर्नलमा प्रकाशित यस रिसर्चका अनुसार लामो निद मुटु रोगको कारण हुने बताएपनि कम निदाउँदा टाउकोमा कस्तो असर पर्छ त्यो अनुसन्धानमा उल्लेख गरेको छैन्।