काठमाडौं – अधिकांश मानिसहरूले खाने दालहरूमा रहर दाललाई सबै भन्दा उत्तम मानिने गरिन्छ। पकाउन सजिलो भएसंगै शरीरलाई चाहिने पोषक तत्वहरू प्रसस्त पाइने हुदा अरु दालको तुलनामा रहर दालको बढी प्रयोग गरिन्छ।
रहरको दालमा प्रसस्त मात्रामा प्रोटिन पाईन्छ। प्रोटिनका साथै रहर दालमा कार्बोहाइड्रेट, आइरन, क्याल्सियम पनि प्रशस्त पाइन्छ। रहरको दालले शरीरको विभिन्न स्वास्थ्य समस्याहरू पनि निवारण गर्न मद्दत गर्छ। यसको नियमित सेवनले हाम्रो रगतलाई सफा गर्ने, हड्डी तथा मांसपेशीलाई मजबुत राख्ने काम गर्छ। रगत सफा हुने हुदा रहरको दालले अनुहारलाई सफा र चम्किलो राख्न पनि मद्दत गर्छ।
रहरको दाल पच्न सजिलो हुने कारणले यसले पाचन प्रक्रियालाई सक्रिय राखी अरुचि हटाएर भोक जगाउने, कब्जियत तथा दिसा रोक्ने गुण हुन्छ। सजिलैसंग पच्ने भएकोले रहरको दाल बिरामीलाई समेत खुवाइने गरिन्छ। रहर दालले शरीरको तापक्रम नियन्त्रणमा ल्याएर शरीरलाई सितल गर्दछ।
रहरको दालको नियमित सेवनले शरीरमा वायुको उत्पादन गरि पेटमा जम्मा भएको ग्यास तथा पुरानो ग्यास्ट्रिकको समस्या समाधान गर्छ भने, रहरको दालले ज्वोरो, रुघाखोकी, पित्त, कफ, पाइल्स, तथा बाथ रोग समेतलाई निको पर्ने क्षमता राख्दछ।