काठमाडौं – नियमित रुपमा भइरहेको मासिक श्राव निश्चित समय हुँदैन तव हामीमा आशंका उब्जन्छ। पीरियड एक निश्चित अवधीमा हुने गर्छ। कसैलाई २८ दिनमा कसैलाई ३२ दिनमा मासिक श्राव हुनसक्छ। बिवाहित महिलामा प्रश्न उब्जन सक्छ जो नियमित सहवासमा हुन्छिन्।
मासिक श्राव भएको कति दिनपछि गर्भ रहन्छ ? गर्भवती भएको कसरी थाहा पाउने ? महिनावरीको कति दिनपछि वा अघि प्रेगनेन्सी टेस्ट गर्ने ?
प्रेगनेन्सीबारे कसरी थाहा पाउने ?
१. गर्भ रह्यो वा रहेन भनेर स्पष्ट हुनका लागि बजारमा प्रेग्नेन्सी टेस्ट किट पाइन्छ। यसको माध्यामबाट प्रेगनेन्सी थाहा हुन्छ।
२. प्रेग्नेन्सी टेस्टका लागि सही समय चाहिन्छ। यदि समयभन्दा अगाडि टेस्ट गरियो भने त्यसको नतिजा गलत पनि आउनसक्छ।
३. पीरियड मिंस भएको पाँच दिन पछि महिलामा गर्भ रहेको वा नरहेको पेगनेन्सी टेस्ट किटबाट थाहा पाउन सकिन्छ।
४. गर्भ रहेको लक्षण देखियो भने मासिक श्राव हुनुअघि नै प्रेगनेन्सी टेस्ट गर्न सकिन्छ।
कति दिनपछि जाँच गर्ने ?
१. महिला प्रेग्नेन्ट हुन्छ, तब शरीरमा एचसिजी हर्मोन बढ्छ। महिला गर्भवती भएको हर्मोनको आधारले थाहा हुन्छ।
२. पहिलो दिन महिलाको शरीरमा हर्मोनको मात्र यति धेरै बढ्छ कि, प्रेग्नेन्सी टेस्ट गर्न सकिन्छ।
३. प्रेग्नेन्सीको सटीक जानकारी पाउनका लागि पीरियड लेट भएको केहि दिन पर्खनुपर्ने हुन्छ।
४. पीरियड मिंस भएको पाँच वा १० दिनमा टेस्ट गर्नुपर्छ।
पीरियडपछि प्रेग्नेन्ट हुने समय
१. मासिक स्राव भइसकेपछि गर्भवती हुने सही समय हो।
२. पीरियड पाँच दिनसम्म चल्यो र तुरुन्तै पार्टनरसँग सम्बन्ध भयो भने, गर्भ रहने संभावना बढी हुन्छ।
३. मासिक श्राव सकिएको ११ दिनपछि शारीरिक सम्पर्क भयो भने गर्भ रहने संभावना हुन्छ।
४. १२ देखि १४ दिनअघि ओभ्युलेशनको समय हुन्छ, जो पीरियडको सात दिनअघिसम्म रहन सक्छ।
प्रेगनेन्सीको लक्षणहरुः
१. स्तनमा भारीपन हुनु।
२. बढी थकान।
३. बिहान–बिहान वान्ता हुनु।
४. पिसाब धेरै आउनु, कब्जियत हुनु।
५. पेटमा ग्यास हुनु, छातीमा जलन हुनु।
६. मुखको स्वाद बिग्रनु।
७. अमिलो–पीरो बढी खान मन लाग्ने