काठमाडौं – आँपलाई स्वाद र स्वास्थ्यका दृष्टिले ‘फलको राजा’ भन्ने गरिन्छ। गर्मी लागेसगैँ आँपको सिजन पनि सुरु हुन्छ। आँप सबैको प्रिय फल पनि हो। हामी स्वादको लागि आँप खान्छौ। आँपको स्वाद मिठो हुन्छ भन्ने कुरा त सबैलाई थाहा नै छ।
एउटा आँपमा ८६.१ प्रतिशत पानी, ६.६ प्रतिशत प्रोटिन, ०.३ प्रतिशत खनिज लवण, ११.८ प्रतिशत कार्बोहाइड्रेट, १.१ प्रतिशत फाइबर, ०.०१ प्रतिशत कार्बोहाइड्रेट र ०.०२ प्रतिशत फोस्फोरस पाइन्छ। यसका अलावा भिटामिन बी, सी, तथा डी पनि पर्याप्त मात्रामा पाइन्छ। सोडियम, पोटासियम, ताम्र, गन्धक, म्याग्नेसियम, क्लोरोन तथा नियासिन पनि पाकेको आँपमा पाइन्छ।
आप खानुका फाईदा
१. दृष्टिशक्ति बढाउछ: यसमा हुने भिटामिन ए र रेटिनोलले आँखाको शक्ति बढाउछ। आँपमा एन्टि-अक्सिडेन्टयुक्त हुन्छ, जसले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर कोलोन क्यान्सर तथा ल्युकेमियाबाट बचाउछ। त्यस्तै फाइबर र भिटामिन सिको भण्डार, आँपमा हुने फाइबर र भिटामिन सिको प्रचूर मात्राले लिपोप्रोटिनको कम उपस्थितिलाई घटाउन मद्दत गर्छ, जसबाट कोलेस्टेरोलको मात्रा घट्छ।
२. शरीरमा अल्कालाइनलाई सन्तुलित पार्छ : यसले मानव शरीरमा अल्कालाइनलाई सन्तुलित राख्न मद्दत गर्छ, किनभने यसमा मालिक एसिड तथा राम्रो मात्रामा साइट्रिक एसिड हुन्छ। यसले पाचन शक्तिलाई राम्रो बनाउछ, किनभने यसमा फाइबर उल्लेख्य मात्रामा हुन्छ। फाइबरले दिसा राम्रो हुन्छ र मेटाबोलिक रेटलाई वृद्धि गर्छ। आँपमा उच्च मात्रामा भिटामिन सि हुने हुनाले शरीरलाई रोग प्रतिरोधी बनाउन मद्दत गर्छ।
३. प्रजनन क्षमतामा वृद्धि गर्छ: आँँप फोलेट र फोलिक एसिडयुक्त हुन्छ, जसले प्रजनन क्षमता बढाउन मद्दत गर्छ। आँपमा एन्टिअक्सिडेन्ट हुनाले कोषलाई पुनजीर्वन दिन तथा पुननिर्माण गर्न मद्दत गर्छ। यसले छालालाई भित्रैबाट रासायनिक पदार्थको असरबाट जोगाउछ। आँपमा कपर, सेलेनियम, जिंक तथा पोटासियम हुन्छ, जुन मानव स्वास्थ्यका लागि आवश्यक हुन्छ। यस्ता खनिजको अभावमा मानिसमा विभिन्न स्वास्थ्य समस्या देखापर्छन्।
४. यौन क्षमता बढाउछ : आँपमा हुने भिटामिन ईले मानिसमा यौनक्षमता बढाउन मद्दत गर्छ। यसले कोलेस्टेरोल घटाउन र मधुमेह रोक्न मद्दत गर्छ। आँपले रगतमा हुने घातक होमोसिस्टाइन तहलाई नियन्त्रण गरी हृदयाघात हुनबाट बचाउछ। होमोसिस्टाइन रक्त नलीलाई अवरुद्ध गर्न सक्छ र हृदयाघात हुने सम्भावना हुन्छ।
५. छालामा चमक ल्याउछ : आँपले छालाका लागि निकै राम्रो गर्छ, छालामा भएका काला धब्बा तथा दाग हटाउछ र प्राकृतिक चमक ल्याउछ। आँपमा हुने भिटामिन ए र बेटा क्यारोटिनले छाला पुनर्निर्माण गर्छ। यसमा भिटामिन र खनिजयुक्त भएकाले यसले कपालको वृद्धिलाई पनि लाभदायी हुन्छ। यसले कन्डिसनरको पनि काम गर्छ। यसमा हुने भिटामिन एले चाँया हटाउछ र कपालमा चमक ल्याउछ।