काठमाडौं– भिटामिन ‘सी’ भरपुर भएको स्ट्रबेरीले छालालाई चाउरीपन बाट जोगाई सधैं जवान राख्न मद्दत गर्छ। भिटामिन सी कोलोजन निर्माणमा सहायक हुन्छ, जसले छालालाई सूर्यको तीव्र किरणको नकारात्मक प्रभावबाट जोगाउँन मद्दत गर्दछ।
अनुसन्धानकर्ताका अनुसार स्ट्रबेरीमा एन्टी एजिङ हुन्छ। यसले बढ्दो उमेरसँगै छालामा देखापर्ने सुख्खापनबाट पनि छुटकारा प्रदान गर्छ। भिटामिन सीका अन्य स्रोत सुन्तला, ब्रोकाउली, रातो भेंडेखुर्सानी, मेवा आदि हुन्।
ओलिभ ओयल– यसमा एसेन्सियल फेटी एसिड हुन्छ। आफ्नो छाला नरम तथा कोमल रहोस् भन्ने चाहना छ भने, आफ्नो दैनिक डाइटमा एक टेबल स्पुन ओलिभ ओयल समावेश गर्नुपर्छ।
कफी– यो पनि एन्टी अक्सिडेन्ट्सले भरपुर हुन्छ। यसले सन ड्यामेजबाट छालालाई जोगाउँछ भने, छाला झोल्लिन र चाउरी पर्नबाट पनि रोक्छ।
ग्रीन टी– ग्रीन टी फ्रि याडिकल्ससित लड्न भिटामिन ईको तुलनामा दुई सय गुणा बढी लाभदायक छ। यसले शरीरभित्रबाट सफाइ गरी छाला पनि सफा राख्छ। यो ब्ल्याक हेड्ससित लड्न पनि सहायक हुन्छ।
डार्क चकलेट– वैज्ञानिकहरूका अनुसार यसमा ग्रीन टी र रेड वाइनभन्दा बढी एन्टी अक्सिडेन्ट हुन्छ। यसले छालाको रंगमा निखार ल्याउँछ। छालालाई सुकोमल बनाएर घामको नकारात्मक प्रभावबाट पनि जोगाउँछ।
पानी– हाम्रो शरीरका कोषमा पानी नै हुन्छ, तर पानीको कमी भए छाला सुख्खा हुन पुग्छ। पानी प्रशस्त मात्रामा पिउनुपर्छ। यसले छालाको नरमपन कायम रहन्छ।
किसमिस– यो एन्टी अक्सिडेन्ट त हो नै, यसमा प्रशस्त पोटासियम र आइरन पनि हुन्छ।
दही– दैनिक एक कप दही सेवन गर्नाले छालाको दाग–धब्बा एवं चायाँ–पोतोबाट छुटकारा मिल्छ। दहीमा जिन्क तथा क्याल्सियम हुन्छ, जुन स्वास्थ्य र सौन्दर्य दुवैका लागि लाभदायक हुन्छ।
गोलभेंडा– गोलभेंडालाई रातो रंग दिने तत्त्व (लाइकोपिन, एकप्रकारको केरोटेनाइड) मा छालालाई नरम तथा कोमल बनाउने गुण पनि पाइन्छ। अनुसन्धानका अनुसार जुन व्यक्तिको छालामा गोलभेंडालाई रातो रंग प्रदान गर्ने तत्वको उपस्थिति पाइयो, तिनको छाला अरूको भन्दा कोमल थियो। लाइकोपिनको स्रोत तरबुजा र गाजर पनि हो।
तोफु– तोफूले मात्र नभई अन्य सोया प्रोडक्ट्सले पनि छाला कसिलो राख्छन् र चाउरीबाट जोगाउँछन्। कारण यिनमा आइसो फ्लेवान्स हुन्छ जसले सूर्यको हानिकारक किरणबाट जोगाउँदै छालामा चाउरी पर्नबाट रोक्छन्। सोया मिल्क पनि यसको विकल्प हो।
गाजर– यसले छालाको बाहिरी लेयरलाई सुरक्षा प्रदान गर्छ र समयपूर्व बुढ्यौली आउनबाट जोगाउँछ।
सख्खरखण्ड– यो भिटामिन एको राम्रो स्रोत हो र भिटामिन ए एन्टी चाउरी एजेन्ट हो। यसले छालालाई कोमल बनाउँछ।
स्याउ– स्याउ पनि एन्टी अक्सिडेन्ट हो र यसले घामको नकारात्मक असरबाट छालालाई जोगाउँछ। विशेषगरी यसले स्किन क्यान्सर उत्पन्न गराउने खतरनाक किरणबाट सुरक्षा प्रदान गर्छ।
ओखर– यो एल्फा लाइनोलेनिक एसिड जुन ओमेगा थ्री फेटी एसिडकै एउटा प्रकार हो। यसबाट छाला कोमल रहन्छ र त्यसलाई नरमपन प्राप्त हुन्छ।
ब्रोकाउली– यसमा भएको एक प्रकारको एसिडले खुट्टामा कोलोजनलाई साह्रो हुनबाट रोक्छ, जसबाट सेल्युलाइट्स बन्न पाउँदैन र खुट्टाको सुन्दरता कायम रहन्छ।