काठमाडौँ – मानिसको उमेर वृद्धिसँगै स्मरण शक्तिमा ह्रास आउनु सामान्य नै हो। तर कम उमेर तथा युवा अवस्थामा नै स्मरण शक्तिमा ह्रास आउँछ भने त्यो खतराको संकेत रहेको चिकित्सकहरु बताउँछन्।
स्मरण शक्ति कमजोर बन्दै जाँदा छिट्टै बिर्सने, पढेको कुरा याद नआउनुका साथै दैनिक कामकाजमा समेत झमेला ब्यहोर्नु परिरहेको हुन्छ। यस्तो समस्या दिनप्रतिदिन बढ्दै जाने र अन्तमा दिमागमा खतरनाक समस्या पैदा हुन सक्छ।
मानिसका यस्ता बानी छन्, जसले दिमागमा प्रत्यक्ष असर पारिरहेका छन्।
१. खानपानः
मानिसहरु खाना समयमा नखाने, अस्वस्थ खाना खाने गरिरहेका हुन्छन्। जसले दिमाग कमजोर बनाउँछ। बिहान देखि रातिको खानासम्म स्वस्थ खान जरुरी हुन्छ। बिहान खाली पेट बस्दा दिमागले काम गर्न सक्दैन र धेरै खाना खाँदा दिमागमा उल्झन पैदा हुन्छ।
२. धुम्रपानः
धुम्रपान स्वास्थको लागि हानिकारक छ। यसले दिमागलाई पनि कमजोर बनाउँछ। धुम्रपानले मस्तिष्कको संवेदनशील भाग कर्टेक्सलाई सीधा असर गर्छ र जसको कारण स्मरण शक्तिमा कमी आउँछ।
३. गलत बानीः
राति अबेरसम्म नसुत्ने, व्यायाम नगर्ने, मोबाइल वा कम्प्युटरको अगाडि बस्नाले दिमागमा सीधा असर पर्छ।
४. पानी कमः
पानी पिउने मानिसको दिमाग १४ प्रतिशत तेज हुन्छ। लामो दुरिको यात्रा, कुनै परीक्षामा सामेल हुँदै हुनुहुन्छ भने साथमा पानी बोक्ने बानी बसाल्नुहोस् जसले दिमागलाई ताजा बनाइराख्छ र महत्वपूर्ण कुरा बिर्सनबाट जोगाउँछ।
५. अल्छीः
अल्छी मानिसहरुको दिमाग कम रचनात्मक र कमजोर हुन्छ। तपाईं जति धेरै दिमागी काम गर्नुहुन्छ त्यति नै दिमाग रचनात्मक र सिर्जनशील बन्छ।
६. तनावः
शरीरको शत्रु नै तनाव हो। तनावबाट मुक्त हुन जरुरी छ। तनावले दिमागमा नराम्रो असर गर्छ। जब तनाव हुन्छ तब हाम्रो मृगौलाले तनाव ग्रन्थीको उत्पादन गर्छ।
७. ईयरफोनः
लामो समयसम्म ईयरफोनको प्रयोग गर्दा कानसँगसँगै ब्रेन टिशुजको पनि नोक्सान पुर्याउँछ। यसले अल्जाइमरको समस्या हुन्छ।
८. निन्द्राः
हरेक दिन ७ देखि ८ घण्टा सम्म सुत्न जरुरी हुन्छ। यसले दिमागलाई स्वस्थ राख्न मद्दत गर्छ। निन्द्रा पुगेन भने दिमागले राम्रोसँग काम गर्न सक्दैन। दिमागले काम गर्ने क्षमतामा ह्रास आउँदै जान्छ।
९. एक्लोपनः
मानिसहरु भिडभाडभन्दा एकान्तमा बस्न रुचाउँछन्। लामो समयसम्म एक्लै बस्दा दिमागमा असर गर्दछ।