काठमाडौं– गाजरका फाइदा यति धेरै छन्, कि तपाईले नखाई सुखै पाउनु हुन्न। यसलाई नियमित रुपमा सलाद वा अचार, तरकारी जुनै रुपमा खाए पनि जिउलाई स्वस्थ बनाउन सहयोग गर्दछ।
गाजर नियमित खानुका फाइदाः
– नियमित रुपमा गाजर खानाले खोकी, दम तथा पिसाब पोल्नेजस्ता समस्याबाट छुटकारा पाउन सहयोग मिल्दछ। गाजर खानाले स्वासनलीमा जमेको खोकी बाहिर निकाल्न समेत मद्दत पुग्दछ।
– रक्तअल्पताको समस्या भोगिरहेकाहरुका लागि गाजरको नियमित सेवन रामवाण बन्दछ। गाजरले शरीरमा रगतको उत्पादन बढाउँछ। यसमा भिटामिन ए, बी, सी, डी, इ तथा के समेत पाइन्छ। काँचो गाजर खानाले रजश्वलाका क्रममा हुने दुखाई पनि कम हुन्छ। त्यस्तै भिटामिन ए भरपूर हुनाले गर्दा आँखाको ज्योति तेज पार्नमा पनि सहयोग गर्दछ र रतन्धोबाट बचाउन मद्दत गर्छ।
– गाजरमा पर्याप्त एन्टिअक्सिडेन्ट तत्व पाइन्छ। त्यसले यसको नियमित सेवनले छाला स्वस्थ तथा चमकदार बन्नुका साथै ढल्कँदो उमेरको नकारात्मक असर पनि कम गर्दछ। साथै यसले क्यान्सरजन्य रोगहरुको जोखिम पनि कम गर्दछ।
– गाजरको नियमित सेवनले रगतलाई बढि गाढा हुनबाट रोक्दछ। जसका कारण मुटुरोगको जोखिम कम हुन्छ। मुटुको चाल अनियमित हुने समस्या भएकाहरुले पर्याप्त मात्रामा गाजर खाँदा फाइदा पुग्दछ।