काठमाडौं– मनोरोग भनेको मनको रोग हो। कहिले खुसी हुने कहिले दिक्क लाग्ने। कहिले रमाइलो हुने त कहिले निराश हुने। यो कुरा सामान्य हो। रमाइलो लाग्दैन, जीउ गल्छ, थकाई बढी लाग्छ, भोक र निद्रामा गडबडी हुन्छ, नकारात्मक बिचारहरु आउँछन्, आत्मबिश्वास घटदै जान्छ र मनमा छट्पटी भइराख्छ। २ हप्ता वा सोभन्दा बढी समयसम्म मन दुःखी, उदास, खिन्न, निराश, नरमाइलो हुनु दिक्कदारीपन हो।
डिप्रेसनकाे लक्षणहरूः
१. मन उदास हुने,
२. पहिले गर्दै आएका कामकाज गर्न जाँगर नलाग्ने,
३. मन रमाइलो नहुने वा रमाइलो गर्न मन नलाग्ने,
४. शरीरमा शक्ति नहुनु,
५. हातखुट्टा झम्झमाउने,
६. सम्झने शक्ति कमी हुने,
७. कसैसँग कुरा गर्न मन नलाग्ने,
८. जीवन बेकार व्यर्थ,काम नलाग्ने जस्तो विचार आउने,
यसको उपचारहरुः
१. बिरामीलाई तुरुन्त मनोचिकित्सक वा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगमा तालिम प्राप्त स्वास्थ्यकर्मी समक्ष लैजानुपर्दछ।
२. औषधी सँगसँगै मनोपरामर्शको पनि जरुरी हुन्छ।
३. स्वास्थ्यकर्मीको सल्लाह अनुसार ५ महिनादेखि १ वर्षसम्म औषधि खानुपर्दछ।