एजेन्सी– विवाह गरेकै दिन यौनसम्बन्ध स्थापित गर्नु सही हो ? यो प्रश्नले प्रायः धेरै मासिलाई सताएको हुन सक्छ। हुन त यो आपसी सहमतीमा भर पर्ने कुरा पनि हो। तर अरेन्ज म्यारिजमा पुरुषलाई थुप्रै पटक यो कुराले तर्साएको हुन्छ। यसबारे के भन्छन् त सिनियर साइकोलोजिस्ट? यसबारे चर्चा गर्याैं।
यो प्रश्नले धेरैलाई चिन्तित बनाएको छः
साइकोलोजिस्टका अनुसार धेरै मानिसहरुले विवाहको प्रतिक्षा गरेपछि विवाह गर्ने जोडी नर्भस र बेचैन देखिने गर्दछन्। विवाहको पहिलो रात यौन सम्बन्ध राख्ने कि नराख्ने भन्ने प्रश्न उब्जिनु पनि साधारण हो।
बिस्तारै सुरु गर्नुहोस् कुराकानीः
तपाई पुरुष हुनुहुन्छ र यो प्रश्नले तनावमा हुनुहुन्छ भने, तपाई केयरिङ हुनुहुन्छ भन्ने दर्साउँछ। तपाई र तपाईकी श्रीमतीबिच आपसी सम्मान र साथीत्वको भावना छ भने, तपाई बिस्तारै–बिस्तारै यो माहोलमा कुरा गर्न सक्नुहुन्छ।
बुझ्नुहोस् पार्टनरको मनः
जसरी पुरुषलाई यो प्रश्नले तनावमा पारेको हुन्छ। महिलालाई पनि यही प्रश्नले नर्भस तुल्याएको हुन्छ। यदि तपाई यो माहोलमा कुरा गर्न सुरु गर्नुहुन्छ भने, हुनसक्छ तपाईकी पार्टनरले पनि आफ्नो मनको कुरा खोल्नेछिन्।
आफ्नो मनको कुरा भन्नुहोस्ः
सेक्सजस्तो संवेदनशील माहोलमा तपाईलाई बेचैनी वा इच्छा छ भने, आफ्नो कुरालाई निर्धक्क भन्नु नै राम्रो हुन्छ। तपाईको मनमा के चलिरहेको छ, त्यसलाई दर्साउन अन्य कुनै बाटो छैन।
यसरी गर्नुहोस् सुरुवातः
यदि तपाईलाई लाग्छ कि, यो माहोलमा कसरी कुरा गर्ने, तपाईले श्रीमतीलाई आफ्नो सुहागरात र विवाह कस्तो चाहन्छिन् भनेर सोध्न सक्नुहुन्छ।
सेक्स नै हुनुपर्छ भन्ने छैनः
विवाहको दिन सेक्स गर्नु सही हो वा होइन, यसमा यो मात्र भन्न सकिन्छ कि, यसमा केही राम्रो वा नराम्रो छैन। विवाहको रात जीवनभरी याद रहने रात हो। त्यसकारण यतिबेला सेक्स नै हुनुपर्छ भन्ने जरुरी हुदैन।
यसरी बनाउन सक्नुहुन्छ अविष्मरणीयः
तपाईको विवाहको रात कस्तो हुनुपर्छ, त्यो तपाई दुईको निर्णयमा भर पर्दछ। कुनै रितिरिवाजको दबाबमा आउनुहुँदैन। त्यसदिन सेक्स हुन पनि सक्छ, नहुन पनि सक्छ। अबेर रातीसम्म कुराकानी गरेर वा एकअर्कालाई अंगालो हालेर सुत्न सक्नुहुन्छ। जुन तपाई दुईको मर्जीले होस्, कुनै रिति रिवाजको दबाबमा होइन।