काठमाडौं– औषधि व्यवस्था विभागले तीन किसिमका गुणस्तरहीन औषधि बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। काभ्रेमा स्थापित कम्पनी गोर्खानाथ हर्बस्युटिकल्स प्राइभेट लिमिटेडले उत्पादन गरेको अभिपत्तिकर चूर्ण १०० ग्राम र भास्कर हर्वस्युटिकल्स प्राइभेट लिमिटेड, वीरगञ्जले उत्पादन गरेको ल्याकोफिट वोइल रेगुलेटर १०० ग्राम गुणस्तरहीन भेटिएको हो।
त्यस्तै, धापासीले उत्पादन गरेको आरोग्य बालबेल चूर्ण १०० ग्राम न्यून भएको पाइएको छ। औषधि ऐन २०३५ को दफा १४ बमोजिम विभागले बिक्री वितरण रोक्का गरी फिर्ता गर्न निर्देशन दिएको हो।
औषधिको नमुना परीक्षण गर्दा ३ किसिमका औषधि न्यून गुणस्तरको पाइएपछि विभागले बजार अनुगमनका क्रममा संकलन भएका यस्तो निर्देशन दिएको हो। तीनवटै कम्पनीले औषधिको आवश्यक मापदण्ड पूरा नगरेको खुलेको छ।