काठमाडौं– श्रीमान–श्रीमतीबीच स–साना कुरामा झगडा हुनु भनेको सामान्य कुरा हो। तर श्रीमतीका कुरा सुनेर तपाइलार्ई इरिटेड त हुन्छ होला, प्रायः यस्तो धेरै पुरुषको बानी पनि हुन्छ।
तर यस्तो नगर्नुहोस्। किनकी, श्रीमतीका कुरा जसले सुन्छ, त्यसलाई धेरै फाइदा हुने पुष्टि भएको छ। एक अनुसन्धानका अनुसार श्रीमतीका कुरा सुन्ने र मान्ने श्रीमान्को स्वास्थ्य राम्रो मात्रै हुँदैन, श्रीमान–श्रीमतीबीचको सम्बन्ध पनि प्रगाढ हुँदै जान्छ।
जान्नुहोस्, श्रीमतीका कुरा सुन्ने पुरुषलाई कस्तो फाइदा हुन्छः
हेल्दी लाइफ स्टाइल– पति–पत्नीबीचको राम्रो सम्बन्धले सम्बन्ध दीगो रहन्छ। यसले लाइफ स्टाइल रिलेटेड रोग लाग्दैन। दाम्पत्य जीवन थप रोमाञ्चक हुँदै जान्छ।
ह्याप्पी हार्मोन उत्पन्न– पत्नीका कुरा सुन्दा पति–पत्नीबीचको माहोल सहज हुन्छ। यसले ह्याप्पी हार्मोन (सेरोटोनिन) रिलिज हुन्छ। यसले तपाईको मुडलाई राम्रो र खुसी बनाउँछ।
तनावमा कमी– सकेसम्म आफ्ना कुरा राख्न खोज्ने पुरुष महिलाहरूको कुरा त झन् सुन्दैसुन्दैनन्। तर, कम्तीमा आफ्नी श्रीमतीका कुरा सिरियस भएर सुन्ने गर्नुहोस्। जब तपाईं आफ्नी श्रीमतीका कुरा सुन्नुहुन्छ, तर्कवितर्क कम हुन्छ। यसले स्टे्सको लेभल कम हुन्छ।
लामो आयु– हेल्थ रिसर्चका अनुसार पत्नीका कुरा सुन्ने पुरुष स्वस्थ रहने मात्रै होइन, धेरै उमेरसम्म पनि बाँच्न सक्छ।
इन्टे्स्टिङ लाइफ– एक रिसर्चका अनुसार जो पति पत्नीको कुरामा मज्जा लिन्छ, उसको व्यक्तिगत जीवन पनि उस्तै रमाइलोसँग बित्छ। यसले समग्र स्वास्थ्यमा फाइदा र्पुयाउँछ।