डडेल्धुरा – गर्मी नलाग्दै डडेल्धुरामा डेंगु रोगका बिरामी भेटिएका छन्। दुमडा जिल्लाको अमरगढी नगरपालिका ६ मा डेंगुको लक्षण पाइएको बताएकाे छ।
दुमडाका बिरामी डडेल्धुरा अस्पतालमा उपचार गराउन आउँदा चेकजाँचपछि डेंगुको लक्षण भेटिएको अस्पतालका ल्याब प्रमुख ईश्वरीप्रसाद भुसालले जानकारी दिए।
गत वर्ष १२ जनामा डेंगु रोग देखापरेको थियो। डडेल्धुराका उच्च लेकाली भेगमा केही वर्ष लामखुट्टे देखापर्न थालेका छन्।