काठमाडौं– ‘लिभिङ टुगेदर’ मा रहेका जोडी असुरक्षित गर्भ रोक्न ७२ घण्टे चक्की (आई–पिल) मा निर्भर हुने गरेको पाइएको छ। उनीहरूमा एउटै चाहना हुने गरेको छ, नियमित यौनसम्पर्क पनि गर्न पाइयोस् र अनिच्छुक गर्भ पनि नबसोस्।
असुरक्षित यौनसम्पर्क भएको ७२ घण्टाभित्र गर्भ रोक्न प्रयोग गरिने चक्की पछिल्लो समय दुरुपयोग हुने गरेको पनि पाइएको छ। किनकी, विवाहित महिलाको सवालमा भने निकै कम मात्रामा यो चक्की प्रयोग गर्ने चिकित्सक बताउँछन्।
पोर्नाेग्राफीको असरः
सामाजिक सञ्जाल फेसबुक र युट्युबमा सजिलै हेर्न पाइने अश्लील चलचित्र (पोर्नाेग्राफी) का कारण पनि विपरीत लिंगीबीच असुरक्षित यौनसम्बन्ध राख्ने क्रममा वृद्धि भइरहेको छ।
नकारात्मक असरः
हतार र असुरक्षित यौनसम्बन्धबाट बस्न सक्ने अनिच्छुक र अवैध गर्भ रोक्न एकै जनाले दुई दिनभित्र चारवटासम्म आई–पिल चक्की प्रयोग गर्ने गरेको चिकित्सकहरु बताउँछन्। ‘एउटामात्रै खानुपर्ने चक्की एकै व्यक्तिले चारवटासम्म खानु एकदमै हानिकारक हो।’ एकैपटक चारवटासम्म खाँदा यसले दीर्घकालीन रूपमा पनि नकारात्मक असर पार्दछ।
चक्की कसरी सेवन गर्ने ?
स्वास्थ्यकर्मी या चिकित्सकको परामर्शबिना यो चक्कीको प्रयोग गर्न हुँदैन्। असुरक्षित यौनसम्बन्धको शंका लागेमा ७२ घण्टाभित्र एकमात्र चक्की खाँदा महिनावारी नियमित हुने चिकित्सकहरु बताउँछन्। ‘यसले पुरुषको शुक्रकीट र महिलाको डिम्बबीच मेल हुन दिँदैन।’ त्यसैले पाठेघरमा गर्भ बस्दैन र आत्तिनु पनि पर्दैन। आई–पिल दुरुपयोगले भविष्यमा विवाहपछि उनीहरूमा बाँझोपन वा बच्चा जन्मिए पनि शारीरिक रूपमा अपांगत जन्मिन सक्ने विशेषज्ञहरु बताउँछन्।
महिलामा बाँझोपनः
विशेषज्ञको परामर्शबिना परिवार नियोजनका अस्थायी वा स्थायी साधन प्रयोग गरि रहदा गर्भधारण गर्ने उमेरका ५ देखि ७ प्रतिशत महिलामा बाँझोपन पाइएको बिशेषज्ञहरु बताउँछन्। आई–पिल चक्की परिवार नियोजनको अस्थायी साधन निलोकन चक्कीजस्तो नभएको र यसको दुरुपयोगले महिलाको प्रजनन हर्माेनमा प्रत्यक्ष असर गर्दछ। त्यसमा पनि एउटा आई–पिल चक्कीको क्षमता आठवटा निलोकन चक्कीबराबरको क्षमतामा हुन्छ।