काठमाडौं– शरीरमा मुसा आउनुको मुख्य कारण ह्युमन पेपिलोमा नामक भाइरस हो। यस्तो भाइरसले स–साना, खस्रो, कडा खालको दर्दरहित दानाजस्ता मुसा उत्पादन गर्छ।
मुसा एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलने गर्छ। यो तोरीदेखि अंगुरको दानासम्मको आकारमा हुन्छ। मेडिकल भाषामा “वार्ट” भनिने मुसा छालामा हुने एक किसिमको भाइरसको संक्रमण मात्र हो। सामान्यतया शरीरमा देखिने मुसा काला, खैरा, सेता, राता रङका हुन्छन्।
मुसाबाट रगत आएमा, मुसा भएको ठाउँ निरन्तर चिलाएमा चिकित्सककहाँ जानुपर्छ। यसले क्यान्सरसमेत हुन सक्छ। मानिसहरू घरमै वा पार्लर पुगेर मुसा हटाउने गर्छन्। यसाे गर्नु स्वास्थ्यकाे लागि हानिकारक मानिन्छ।
मुसाले अनावश्यक दुःख दिएको छैन भने, छोइरहनु हुँदैन। दिनप्रतिदिन बढ्दै गएमा लेजरको प्रयोग गरी हटाउनुपर्छ। मानिसमा करिव ३० प्रतिशत ६ महिनामा र ६० प्रतिशत एक वर्षमा हराएर जान्छ। मुसा सानो हुँदै गएमा रगतका शिराका काला धब्बाहरु देखिएमा आफै हराएर जान्छ।