काठमाडौं – मानिसहरु सौन्दर्यतालाई झल्काउने ओठलाई विशेष ध्यान पुर्याउने गर्छन्। ओठ सुक्ने समस्या जाडो मौसममा मात्रै नभई हावाहुरी चल्ने मौसममा पनि हुने गर्छ। त्यसकारण ओठ सुक्ने समस्याबाट राहत पाउनका लागि मानिसले अनेक उपाय अपाउने गर्दछ।
प्रायः मानिसहरुको ओठ सुक्ने समस्या हुन्छ। कतिपयको त ओठ सुकेर रगत पनि बग्ने गर्दछ। त्यति मात्र होइन, ओठको समस्याले मुखै छोपेर हिड्नु पर्ने बाध्यता नै सिर्जना हुन्छ। जसले गर्दा मानिसहरु दिक्क भएका हुन्छन्। ओठ सुक्ने समस्या पनि विभिन्न कारणहरुले हुने गर्दछ। त्यसकारण यसबाट बच्न निम्न प्रकारका उपायहरु अपनाउन सकिन्छ।
शरीरमा पानीको कमिले ओठ सुक्ने गर्दछ। त्यसैले शरीरमा पानीको कमी हुन दिनु हुँदैन। शरीरमा पानी सुक्ने समस्याले डिहाइडे्सन पनि निम्तिन्छ जसकारण ओठ सुक्ने गर्दछ। त्यस्तै टुथपेस्टका कारण पनि ओठ सुक्ने हुन्छ।
शारीरिक अस्वस्थताका कारण पनि ओठ सुक्ने समस्या हुन्छ। त्यसैले यसबाट सचेत हुन निकै जरुरी छ। भिटामीन ‘ए’ र ‘बी’ को कमिले पनि ओठ सुक्ने हुनाले खानामा विशेष ध्यान पुर्याउनुपर्दछ।
त्यस्तै मुखबाट स्वास लिने बानीले पनि ओठ सुक्खा हुने गर्दछ। ओठ फुट्ने समस्या पनि आउने हुनाले नाकबाट स्वास लिनु राम्रो हुन्छ। ओठ सुकेपछि प्राय मानिसहरुले जिब्रोको सहायताले ओठलाई चिसो बनाउने गर्दछ। कतिपयले त दाँतले टोक्ने पनि गर्दछन्। जसले गर्दा रगतै निस्किन्छ। त्यसैले ओठ संवेदनशिल अँग भएकाले विशेष ध्यान दिनु आवश्यक हुन्छ।