एजेन्सी, २२ माघ – भारतको राजधानी नयाँ दिल्लीमा स्वाइन फ्लुका कारण ११ जनाको मृत्य भएको मृत्यु भएको छ।
दिल्लीको राज्य सरकारले दिएको तथ्याङ्क अनुसार सन् २०१९ मा स्वाइन फ्लु प्रभावित एक हजार ११ बिरामी भेटिएकामा ११ जनाको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
भारतमा गत बर्ष स्वाइन फ्लुका विरामीको सङ्ख्या २०५ र ज्यान गुमाउनेको संख्या २ रहेको थियो। यस बर्ष भने उक्त सङ्ख्या निकै धेरै देखिएको बताइएको छ। जनवरी २९ सम्म स्वाइन फ्लुका विरामीको सङ्ख्या ५१२ रहेकोमा करिब एक हप्ताको समयमा बिरामीको सङ्ख्यामा दोब्बर देखिएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ।
दिल्ली सरकारले आफ्ना सबै अस्पतालमा चाहिने औषधि, खोप, तथा अन्य उपचारका सामग्रीको बेलैमा स्थानीय तहमा पुर्याई बिरामीलाई स्वास्थ्य सेवाको कमी हुन नदिन सावधानी गराइएको बताएको छ।(रासस)