काठमाडौं– पेटको भित्र सूजन हुने स्थितिलाई पेटको अल्सर भनिन्छ। पेट वा सानो आन्द्रामा हुने संक्रमण, घाउ वा प्वाललाई पेटको अल्सर पनि भन्ने गरिन्छ्। चिकित्सकीय भाषामा यसलाई पेप्टिक अल्सर वा गैस्ट्रिक अल्सर पनि भन्ने गरिन्छ।
साधारणतयाः आहार, तनाव तथा पेटमा अम्लियपना धेरै भएमा पेटको अल्सर हुनेगर्छ। अल्सर प्रायःपेटमा अल्सर भएमा पेट वा आन्द्राको सुरक्षात्मक परक टुट्न थाल्छ। अल्सर बढी भएमा आन्द्रा च्यातिने सम्भावना पनि बढी रहन्छ। लामो समयसम्म एन्टीबायोटिक्सको प्रयोग, पेनकिलर तथा स्टेराइडको औषधीको सेवन बाहेक मदिराको सेवनका कारण पेप्टिक अल्सर हुनेगर्छ।
अल्सर गम्भीर भएमा समयमा उपचार नभएको खण्डमा यसले आन्तरिक रक्तश्राव गर्नुका साथै अन्य समस्या समेत निम्त्याउन सक्छ।यस्ता लक्षण देखिएका अल्सर भएकाे हुन सक्छ।
१.पेटमा जलन
खाना खाने १ वा २ घण्टापछि वा रातीको समयमा पेटको माथिल्लो भाग वा बीचमा पोलेको महसुस हुन्छ भने अल्सर भएकाे हुनसक्छ।
२.वान्ता हुने
पटकपटक वान्ता हुनु वा यसको महसुस भैरहनु पेटको अल्सरको संकेत हुनसक्छ।
३.पेट फुल्ने
कतिपय समय पेट फुल्ने समस्या अल्सरको लक्षण हुन सक्छ।
४.छाती पोल्ने
पेटमा रहेकाे एसिड अन्ननलीमा आएर बसिदिन्छ। यसले गर्दा छातीनेर पाेलेकाे महसुस हुनेगर्छ। यो अल्सरको संकेत हुनसक्छ।
५.पेट घोच्नु
खाना खाएको १ वा २ घण्टा पछि वा रातीको समयमा पेट भित्र घोचेको महसुस भइरहेको छ भने यो अल्सरको संकेत हुनसक्छ।
६. दिशाको रङ्ग
लामो समयसम्म गाढा वा कालो रङ्गको दिशा आउने समस्या छ भने यसलाई बेवस्ता गर्नुहुदैन। यो अल्सरमा हुने व्लिडिङ्गका कारण हुनसक्छ।
७.रगत वान्ता
वान्तामा हल्का रगत आउनु अल्सरको संकेत हुनसक्छ।
८.तौल घट्नु
डाइट वा नियमित कार्यलाई परिवर्तन नगरी अचानक वजन घटेमा वा खाना खादाखादै पनि वजन घट्नु अलसरको संकेत हुनसक्छ।
९.पेट दुख्नु
अक्सर पेट दुखाई हुनु वा केही खाँदा–पिउँदा पनि पेटमा तीव्र दुखाई शुरु हुनु पनि अलसरको संकेत हुनसक्छ।
१०.छिटो भोक लाग्नु
विना कारण पटक–पटक भोक लाग्नु अल्सरको संकेत हुनसक्छ।