काठमाडौं–जाडोको बेला मानिसलाई धेरै समस्याले सताउँछ। जाडोको समयमा पोलिने घटना अत्याधिक हुन्छ। यसबाट अत्याधिक मात्रामा जनधनको क्षति हुने हुँदा निम्न बचाउ र प्राथमिक उपचारका उपायहरू छन्।
१. आगोको काम सकिएपछि तुरुन्तै निभाउने।
२. न्यानो रहन लुगा लगाउने र ओढ्ने, आगोको नजिक नबस्ने, खुकुलो लुगा नलगाउने, बच्चा नबोक्ने, मट्टितेल पेट्रोल आदिबाट बच्ने।
३. प्लाष्टिक, कागज आदि उचित तरिकाले विसर्जन गर्ने।
४. बच्चाहरूलाई आगो, तातो पानी र तातो पदार्थबाट टाढै राख्ने।
५. कपाल र कपडा सपक्क बाँध्ने, छिट्टै आगो टिप्ने पोलिष्टर तथा टेरिकटनको कपडा नलगाउने।
६. ग्यास चूलो, पाइप र सिलिण्डरको नियमित चेकजाँच गर्ने, ग्यास चुहावट भएको शंका लागेमा झ्याल ढोका खोलेर रेगुलेटर बन्द गर्ने।
७. सलाई, बिजुली, टर्च, फोन प्रयोग गर्दा ठूलो विष्फोट हुनसक्ने हुँदा यसो नगर्ने।
८. बन्द कोठामा गिजर, हिटर चलाउँदा निसास्सिएर ज्यानै जानसक्ने हुँदा यसो नगर्ने। हिटर निभाएर मात्र सुत्ने।
९. आगोले पोलिहालेमा तुरुन्तै आतिएर दौडिनु हुँदैन। यस्तो अवस्थामा भुईंमा लड्नुहोस् अनि लडिबुडी गरेर जिउमा लागेको आगो निभाउनुहोस्। यसरी ननिभे बाक्लो कम्बल वा सिरकले छोपेर निभाउन सकिन्छ।
१०. आगो निभेपछि लुगा, घडी र गहनाहरू फुकाल्नुहोस्। घाउलाई धाराको पानीमा कम्तीमा आधाघण्टा धुनुहोस्।
११. घाउलाई सफा कपडाले छोपेर नजिकको अस्पतालमा तुरुन्तै जानुहोस्। अस्पताल टाढा भएमा बाटोमा प्रशस्त नून, चिनी, पानी वा जीवनजल सेवन गर्दै जानुहोस्।