काठमाडौं – महेशबाबु तिमिल्सीना पक्षले नेपाल शैक्षिक परामर्श संघ, ईक्यानको निर्वाचन बहिस्कार गर्ने भएको छ। सर्वसम्मतीमा कार्यसमिती चयन गर्ने बिषयमा बिवाद बढ्दै गएपछि महेशबाबु नेतृत्वको प्यानलले चुनाव नै बहिस्कार गर्ने निर्णय गरेको उनीनिकट श्रोतले जानकारी दिएको छ।
यसअघि अध्यक्षका आकांक्षी महेशबाबु प्यानल र प्रकाश पाण्डे प्यानलविच भएको सहमतिअनुसार पदीय भागबन्डा सम्भव नभएपछि महेशबाबु प्यानल निर्वाचनमा नजाने भएको हो। ‘यसलाई निर्वाचन बहिष्कार कै रुपमा बुझ्दा पनि हुन्छ,’ ईक्यानका एक बरिष्ठ सदस्यले भने, ‘पहिले भएको सहमतिमा नाटकीय रुपमा परिवर्तन आएको छ।’
सर्वसम्मतीको प्रयास असफल भएपछि निर्वाचनको प्रकृया शुरु भएको थियो। निर्वाचन प्रकृयाअन्तर्गत उम्मेद्वारी दर्ता गराउने चरणमा उपाध्यक्ष पदमा चर्चा गरिएका पुर्वउपाध्यक्ष राजेन्द्र रिजाललगायतका महेशबाबु प्यानलका व्यक्तिहरुले उम्मेद्वारी दर्ता गराएनन्। ‘राजेन्द्र रिजालजीहरुले उम्मेद्वारी दर्ता नदिनु भनेको बहिष्कार नै हुनसक्छ,’ प्रकाश पाण्डे निकट एक ईक्यान सदस्यले भने।
कुल १८ पदको लागि २५ जनाको उम्मेद्वारी परेको छ। अध्यक्ष पदमा ईक्यानका पुर्वअध्यक्ष प्रकाश पाण्डेको मात्र उम्मेद्वारी परेको छ। महासचिव पदका लागि दिपकराज भुषालले उम्मेद्वारी दिएका छन् भने तीन उपाध्यक्ष पदका लागि देबिदास भट्टराई, कृष्णहरी केसी, शेषराज भट्टराई, श्रीराम पौडेल र खड्ग बहादुर ताम्लिङ लिम्बुले उम्मेद्वारी दर्ता गराएका छन्। यस्तै सचिवमा बासुदेव दाहाल र बालकृष्ण श्रेष्ठले उम्मेद्वारी दिएका छन्। सचिवमै उम्मेद्वारी दिएका महेशबाबु प्यानलका एन्ड्«यू पौडेल (लक्ष्मण पौडेल)ले भने उम्मेद्वारी फिर्ता लिएका छन्।
कोषाध्यक्षमा पुष्पराज भट्टराई र प्रकाश श्रेष्ठको उम्मेद्वारी परेको छ। सहमतीका लागि भट्टराई र श्रेष्ठ ‘साईडलाईन मिटिङ’ गरिरहेका छन्। यसैगरी सहकोषाध्यक्षमा कर्ण बहादुर गुरुङको मात्र उम्मेद्वारी परेको छ।
याे पनि पढ्नुहाेस,
ईक्यानः अझै जुटेन सर्वसम्मती, कृष्णहरी भन्छन्, ‘कुनै हालतमा ब्याक हट्दिन’
ईक्यान अधिवेशनः ‘कुखुराले पाँडो पायोँ…’
ईक्यान निर्वाचनः सबै पदका लागि जुटेन सर्वसम्मति, चुनाव निश्चित
फेरी बदलियो ईक्यान निर्वाचनको माहोल
भागबण्डा नमिलेपछि ईक्यान चुनावतर्फ अग्रसर