काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ, ईक्यानको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरिएको छ। धेरै पटक गरिएको सर्वसम्मतीको प्रयास असफल भएपछि निर्वाचनबाट नै कार्यसमिती चयन गरिने भएको हो। यद्दपी मतदान भने केहि पदका लागि मात्र हुने सम्भावना रहेको छ।
उम्मेद्वारी दर्ताका लागि आज (शनिबार) राती ११ः३० बजेदेखी १२ः०० बजेसम्मका लागि तोकिएको छ। त्यसपछी दावी–बिरोध, अन्तिम नामावली प्रकाशन र उम्मेद्वारी फिर्ता लिने प्रकृया सकेर मतदान शुरु हुने बताइएको छ।
सबै पद सर्वसम्मतीमै चयन गर्ने ‘भरमग्दुर’ प्रयास गरिएको भएपनि उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्षलगायत पदमा थप आकांक्षीहरु देखिएपछि निर्वाचन प्रकृया शुरु भएको हो।
याे पनि पढ्नुहाेस,
ईक्यानः अझै जुटेन सर्वसम्मती, कृष्णहरी भन्छन्, ‘कुनै हालतमा ब्याक हट्दिन’
ईक्यान अधिवेशनः ‘कुखुराले पाँडो पायोँ...’
ईक्यान निर्वाचनः सबै पदका लागि जुटेन सर्वसम्मति, चुनाव निश्चित
फेरी बदलियो ईक्यान निर्वाचनको माहोल
भागबण्डा नमिलेपछि ईक्यान चुनावतर्फ अग्रसर