काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) नेतृत्व चयनका लागि थालिएको सर्वसम्मतीको माहोलमा फेरी सुधार आएको छ। पदको भागबन्डा नमिल्दा लगभग बिथोलिएको माहोल सुध्रीएको हो। नेतृत्व चयनका लागि निर्वाचन प्रकृयामा नै जाने तयारीमा रहेको महेशबाबु तिमिल्सीना नेतृत्वको टोली सर्वसम्मतीको लागि राजी भएको छ।
अध्यक्षका प्रत्यासी प्रकाश पाण्डे, महेशबाबु तिमिल्सीना, हालका अध्यक्ष बिष्णुहरी पाण्डे, हालका उपाध्यक्ष राजेन्द्र रिजाल, सल्लाहकार बुद्धि प्रसाद रेग्मी र सर्वसम्मतीको लागि निरन्तर प्रयास गरिरहेको ईक्यानका पुर्वअध्यक्षत्रय राजेन्द्र बराल, दिपक गुरुङ र अरुण लामीछाने सम्मिलित टोलीले सहमतीको वातावरण निर्माण गरेको हो।
पछिल्लोपटक प्राप्त जानकारी अनुसार ईक्यानका पुर्व अध्यक्ष प्रकाश पाण्डे सर्वसम्मतीबाट अध्यक्ष बन्ने भएका छन् भने महासचिवमा हालका अध्यक्ष बिष्णुहरी पाण्डे निकट मानिने दिपकराज भुषाल आउने भएका छन्।
यसैगरी उपाध्यक्षमा महेशबाबु पक्षबाट राजेन्द्र रिजाल, प्रकाश पाण्डे पक्षबाट शेषराज भट्टराई र देवीदास भट्टराईको नाममा सहमती जुटेको छ। यद्दपी स्वतन्त्र उम्मेद्वारी दिने तयारीमा रहेका कृष्णहरी के.सी.का कारण उपाध्यक्ष पदका लागि भने निर्वाचन हुने सम्भावना रहेको छ।
अहिले अबेरसम्म भएको छलफलबाट सचिवमा महेशबाबु पक्षका एन्ड्र्यु पौडेल र प्रकाश पाण्डे पक्षबाट बासुदेब दाहालको नाममा सहमती जुटेको छ। त्यस्तै कोषाध्यक्षमा महेशबाबु पक्षका भरत रेग्मी आउने भएका छन् भने प्रकाश पाण्डे समुहको भागमा परेको सह–कोषाध्यक्षको निर्णय भईसकेको छैन्। त्यस्तै ९ जना कार्यसमिती सदस्यमध्ये ५ प्रकाश पाण्डे समुह र ४ महेसबाबु समुहले पाउने सहमती भएको छ।
भोली (शनिबार)को लागि तोकीएको ईक्यानको निर्वाचन भने हुनेछ। ‘यहाँबाट भएको निर्णय अधिवेशनमा प्रस्तुत हुनेछ्,’ ईक्यानका पुर्वअध्यक्ष तथा सल्लाहकार अरुण लामिछानेले नेपाली पब्लिकलाई भने, ‘कसैले उम्मेद्वारी दिन्छु भन्यो भने त निर्वाचनको प्रकृयामा पनि जानैपर्छ।’