काठमाडाैं - नेपाल शैक्षिक पराममर्श संघ (ईक्यान) को नयाँ नेतृत्व चयन प्रकृया निर्वाचनबाटै हुने संकेत देखिएको छ। वर्तमान अध्यक्ष बिष्णुहरी पाण्डेको कार्यकाल सकिनै लाग्दा गरिएको सर्वसम्मतीमा नेतृत्व चयनको प्रयास असफल हुने भएको हो।
बिहिबार रातीसम्म ईक्यनका पुर्व अध्यक्ष प्रकाश पाण्डेलाई सर्वसम्मत रुपमा नेतृत्व सुम्पिने लगभग निश्चित भइसकेको अवस्था फेरीएर निर्वाचन नै हुने देखिएको ईक्यानका एक पदाधिकारीले बताए। ‘प्रकाश पाण्डेज्यु नै अध्यक्ष हुने सहमती जुटीसकेको थियो,’ नाम नबताउने शर्तमा ति पदाधिकारीले भने, ‘तर अब चुनाव नै होलाजस्तो छ।’
डेमोक्र्याटिकतर्फबाट महेशबाबु तिमील्सिनाले अध्यक्ष पदको लागि दावेदारी प्रस्तुत गर्ने चर्चा चुलिएसँगै सर्वसम्मतीको सम्भावना पनि टरेको हो। यसअघि पुर्वअध्यक्ष प्रकाश पाण्डे र हालका अध्यक्ष बिष्णुहरी पाण्डे नै चुनावी मैदानमा उत्रने तयारीमा थिए।
पछिल्लो समय चरणबद्ध रुपमा भएको छलफलबाट प्रकाश पाण्डेको नेतृत्व स्विकार्दै बिष्णुहरी पाण्डे पछि हटेको श्रोत बताउछ। ‘हालका सचिव दिपकराज भुषाललाई महासचिव बनाउने शर्तमा बिष्णुजी राजी हुनुभएको थियो,’ ईक्यान श्रोतले बतायो। भुषाल बिष्णुहरी पाण्डेका निकट मानिन्छन्।
यस्तै उपाध्यक्ष पदका लागि पनि कृष्ण केसीले आंकाक्षा देखाएपछि निर्वाचन हुने निश्चित छ। पछिल्लो निर्वाचनमा उपाध्यक्ष पदका लागि स्वतन्त्र उम्मेद्वारी दिएर पराजित भएका केसी यसपटक पनि उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वारी दिदैँछन्।
उता सचिव पदका लागि भने एन्ड्«यु पौडेल र यसअघिको निर्वाचनमा सर्वाधिक मत पाएका सदस्य बासुदेव दाहालको उम्मेद्वारी पर्ने देखिएकाे छ। ईक्यानको निर्वाचन भोली (शनिबार)को लागि तोकीएको छ।