बाँके– बाँकेको नरैनापुर गाउँपालिका–२ मा रहेको लक्ष्मपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई कतार च्यारिटीको सहयोगमा बाँके युनेस्को क्लबले रु १४ लाख ६३ हजार मूल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ।
स्वास्थ्य केन्द्रमा बिहीबार आयोजित कार्यक्रममा क्लबका संरक्षक प्रवेज अली सिद्धिकी र अध्यक्ष राजेन्द्र चौधरीले सो गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन्। क्लबले सो स्वास्थ्य केन्द्रलाई अल्ट्रासाउण्ड मेशिन एक थान, आठ वटा श्यया, एक थान डेलिभरी श्यया, २० थान ह्विलचियर लगायतका सामग्री उपलब्ध गराएको छ।
त्यस अवसरमा क्लबका अध्यक्ष चौधरीले विकट क्षेत्रका सर्वसाधारणलाई स्वास्थ्य सेवा पाउन सहज होस् भन्ने उद्देश्यले सामग्री हस्तान्तरण गरेको बताएका छन्। रासस