काठमाडौँ– महिनावारी हुने किशोरीहरुमा हल्का पेट दुख्ने, ढाड दुख्ने, स्तन सुन्निने, शरीर भारी हुने, वाकवाकी लाग्ने गर्छ। तर आजभोलि व्यस्त जीवनशैली र खानपान तथा व्यायाममा ध्यान नदिदाँ धेरै महिलाहरु महिनावारीसम्बन्धी समस्याबाट ग्रस्त भएका छन्।
महिनावारीको समयमा धेरै दुखाई, रक्तश्राव, तनाव, चिडचिडापन महिनावारीमा सामान्य मानिएपनि अनियमित महिनावारी भने ठूलै समस्या हुनसक्ने डाक्टरहरु बताउँछन्। महिनावारी २१ देखि ३५ दिनभन्दा अगाडि वा पछाडि हुनुलाई अनियमित महिनावारी भनिन्छ।
छिटो छिटो महिनावारी हुनु र धेरै ढिलो महिनावारी हुँदा विभिन्न स्वास्थ्य समस्या देखा पर्न सक्छन्। महिलाहरु महिनावारी अनियमित भएको समयमा विभिन्न प्रकारका औषधिहरुको सेवन गरिरहेका हुन्छन् जुन महिला स्वास्थ्यको लागि घातक सावित पनि हुन सक्छ।
महिनावारी समयमा हुन किन जरुरी छ ?
अनियमित महिनावारी महिलाका साझा समस्या बन्दै गएको छ। महिनावारी भएको २१ दिनपछि ३५ दिनसम्म महिनावारी नहुनु र त्यही समस्या बारबार दोहोरिरहनुले महिलाको स्वास्थ्यमा गम्भीर समस्या भएको हुनसक्छ। त्यसैले यस्तो अवस्थामा डाक्टरको सल्लाह लिन अत्यन्तै जरुरी छ।
कारणः
थाइराइड, पेल्विक तथा पीसीओडी जस्ता रोगका कारण महिनावारी अनियमित हुनसक्छ। साथै तौल बढ्दा वा घट्दा, तनाव, गलत डाइट, गर्भ निरोधक औषधिको प्रयोग, अत्याधिक मात्रामा कसरत र स्तनपानले गर्दा महिनावारी अनियमित हुन्छ।
लक्षणः
महिनावारीको समयमा भोक नलाग्ने, युट्रसमा पीडा, पेट, हात र कम्मर दुखाई, अत्याधिक थकाई, कब्जियत र पखाला लाग्ने जस्ता लक्षण देखा परेमा महिनावारीमा समस्या भएको हुनसक्छ। साथै युट्रसमा र रगतको दाग देखिनु पनि एउटा लक्षण हो।
तुलसीः
अनियमित महिनावारीको एकमात्र अचुक उपाय तुलसी हो। यसमा पाइने तत्वले तनाव कम गर्ने र हर्मोनको मात्रा सन्तुलन गर्न मद्दत गर्छ। यसमा प्राकृतिक एन्टीअक्सीडेन्ट हुन्छ जसले एन्टी–इन्फ्लामेटरी र एन्टी–माइक्रोबियल गुण पाइन्छ।
यसलाई कसरी प्रयोग गर्ने ?
तुलसीले कोर्टिसोल हर्मोनलाई नियन्त्रण गर्छ जसले गर्दा महिनावारी नियमित हुन्छ। यसको लागि १० ग्राम तुलसीको दानामा पानी उमालेर नियमित रुपमा विहान पिउँनुपर्छ। यसले तपाईंको अनियमित महिनावारीको समस्याको समाधान गर्न मद्दत गर्छ। यसका साथै तुलसीको चिया, यसको पानी वा यसको पात खादाँ राम्रो गर्छ।
सावधानः
यदि तपाईं गर्भवती वा मधुमेहको बिरामी हुनुहुन्छ वा एसिटामिनोफेन जस्ता पेनकिलरको सेवन गरिरहनुभएको छ भने तुलसीको प्रयोग नगर्नुहोस् किनकी तुलसी शरीरमा हर्मोनलाई सिधै प्रभाव पार्ने भएकाले यस्ता व्यक्तिका लागि खतरनाहक हुनसक्छ। साथै कलेजो खराब हुनपनि सक्छ।