काठमाठौं– हरेक मानिसमा सुन्दर बन्ने चाहा हुन्छ। तर विडम्वना कतिपय मानिसहरुमा पिम्पलस् आउने समस्या हुन्छ। त्यसकारण आज हामी पिम्पलस् बारे केही जानकारी यहाँ दिदैछौ।
पिम्पलस् आएमा के गर्नेः
– पिम्पलस्को समस्या हुनेहरूले अनुहारलाई दिनको दुई–तीनपटक राम्रोसँग सफा गर्नुपर्छ। यदि अनुहार सफा भयो भने अनुहारका कोषहरूमा ऊर्जा पुग्छ , आफ्नो छालासुहाउँदो फेसवासको प्रयोग गर्नुपर्छ, गुलाब, स्याउबाट बनेका प्राकृतिक फेसवासको प्रयोग गर्दा राम्रो हुन्छ।
– नियमित छाला सफा गर्दा अनुहारमा रहेका धुलोका कणलाई हटाइदिन्छ। अनुहार सफा गर्ने नाउँमा बारम्बार सफा पनि गर्नु हुँदैन। यसले अनुहारलाई फुस्रो बनाइदिन्छ, पिम्पलस् कम गर्न नियमित रूपमा पर्याप्त पानी पिउने बानी बसाल्नुपर्छ।
– पिम्पलस्लाई हातले छुनुहुँदैन। हात फोहोर भएका वेला त झनै छुनु हुँदैन। यसले संक्रमण बढाउने सम्भावना हुन्छ, डन्डिफोर आएर हैरान पार्छ भने त्यस्ता युवायुवतीले बढी चिल्लो, पिरो र अमिलो खानु हुँदैन, डन्डिफोरले अति दुःख दियो भने छालाविज्ञलाई देखाउनुपर्छ।