काठमाडौं– आम मानिसमा अहिले मोटोपनको समस्याका बढेको छ। त्यसैले यसको व्यवस्थापनको मुख्य उपाय भनेको शारीरिक व्यायाम हो। शरीरलाई स्वस्थ र सन्तुलित राख्न व्यायाम आवश्यक पर्छ।
नियमित व्यायाम गर्दा हुने फाइदाहरुः
– तौल नियन्त्रण तथा शारीरिक र मानसिक स्वास्थ्य सुधार्न तपाईंले बिहान दौडिने, साइक्लिङ, योगा वा हल्का कसरत गर्न सक्नुहुन्छ, मदिरा र धूम्रपानको कुलत छुटाउन या घटाउन पनि यो सहयोगी सिद्ध हुन्छ, यसले कोलेस्ट्रोल र उच्च रक्तचापलाई पनि घटाउँछ।
– स्कुले बालबालिकालाई पनि व्यायाम गराउन आवश्यक छ, मोटोपन भएका बालबालिकालाई व्यायाममा अझ बढी प्रोत्साहन दिनुपर्छ, व्यायामले तनाव कम गर्न सघाउँछ र रिल्याक्स फिल हुन्छ।
– जसले गर्दा एन्जाइटी, डिप्रेसन, निद्रा नलाग्ने समस्याबाट पनि बच्न सकिन्छ, यसले हृदयाघात, स्ट्रोक क्रोनिक, प्यारालाइसिस, किड्नी, लिभरलगायत संक्रमणबाट जोगाउन पनि सहयोग र्पुयाउँछ।