काठमाडौँ १५ माघ – २१ दिनदेखि आमरण अनशनमा रहेका प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर बन्दै गएको छ।
प्रा.डा. केसीको मेडिकल टोलीका सदस्य डा. प्रमेश श्रेष्ठले रिपोर्ट सार्वजनिक गर्दै केसीको स्वास्थ्य अवस्था निकै जटिल बन्दै गएको बताएका हुन्।
श्रेष्ठका अनुसार केसीलाई छाती धेरै दुखेको, स्वास फेर्न र निदाउन कठिनाई भएको छ। रक्तचाप सामान्य रहेको उल्लेख गरिएको रिपोर्टमा मुटुको धड्कन घटेको बताइएको छ।
रगतमा ग्लुकोज र पोटासियमको मात्रा घटेको रिपोर्टमा जानकारी दिइएको छ। केसीलाई अक्सिजन दिइएको छ। उनलाई आइसियु लानुपर्ने चिकित्सकहरुले बताएपनि उनी सर्न मानेका छैनन्।
