कैलाली– औषधि व्यवसायी सङ्घ कैलालीको प्रथम अधिवेशनबाट अध्यक्षमा जनकराज जोशी निर्विरोध चयन भएका छन्। सङ्घको शनिबार धनगढीमा भएको अधिवेशनबाट जोशीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन भएको हो।
त्यस्तै, उपाध्यक्षमा प्रेमराज बिसी, महासचिवमा मधुकर कुश्मी, कोषाध्यक्षमा रमेश पाण्डे, सहकोषाध्यक्षमा द्वारिकाप्रसाद चौधरी, सचिवमा चन्द्रिकाप्रसाद चौधरी चयन भएको सङ्घले जनाएको छ। सदस्यमा खेमराज भट्ट, चन्द्रबहादुर रावल र ठाकुरप्रसाद चौधरी चयन भएका छन्। रासस